प्रायः हजुरबुबा हजुरआमा सँग हुर्केका हरुले उहाँहरु छन्जेल आमा बुबाको काख र महत्त्व भन्दा केही टाढा हुन्छ्न। मेरो जिवनका २८ औं बर्ष हजुरआमा सँगै बिते। २०७९ साल ६ महिना २६ गते ८९ बर्षको उमेरमा भौतिक रुपमा हामिलाई छोडेर जानुभयो। परिवारजनमा भएको क्षतिले हरेक लाई दु:ख लाग्छ यो स्वभाविक हो संगै मृत्यु जिबनको अन्तिम सत्य हो तर यो कहिलेकाही अप्रत्यासित र अकल्पनीय बन्छ। हामिले लामो प्रयत्न गर्दा गर्दै पनि उहाँलाई बचाउन सकेनौं तर लाखौं कथाहरू छ्न जसले उहाँलाई हामी माझ नभएको आभास हुनेछैन। आमा मेरो आदर्श , दर्शन र बिचार बोकेको पात्र हुनुहुन्थ्यो ।
मेरो परिवार सामान्य परिवार हो। उहाँले कम उमेरमै हजुरबुबा गुमाउनु भयो र मेरो ठुलोबुवा गुमाउनु भयो। मेरो बुवालाई २.५ बर्षबाट हुर्काउदै आज हाम्रो यो परिवारको संरचना बनाएर बिदा हुनुभो। आर्थिक हिसाबले मध्यम भएपनी सामाजिक राजनैतिक चेतले हाम्रो परिवार निकै सम्पन थियो। घरमा प्रायः मेरो क्षेत्रमा राजनीतिकर्मी र सामाजिक ब्याक्तित्वहरुले आमाको सम्झना गर्छ्न। एक हिसाबले उहाँ सामाजिक राजनैतिक अभिभावक हो जसले मेरो बुवाको पुस्ता मात्रै होइन मेरो पुस्तालाई समेत प्रेरित गर्नुभयो।
भावनात्मक हुने कारणहरु मध्य धेरै कारण हुन्छ्न तर जन्मकाल देखि हजुरआमा सँगै हुर्किएँ। मेरो आमा बिरामी भएको कारण म उहाँ सँगै बसे ब्याक्तिगत जिबनमा गर्ने घरायसीकाम धुने, पकाउने ई सबै हजुरमाले मलाई ७ बर्षको उमेरमै सिकाउनुभएको थियो। मैले जान्ने भएदेखि हजुरमाले कसैको बिगारेको , झगडेको र रिस डाहा गरेको कहिले जानेन। जिबनमा कुनै कुराको मोह थिएन भएका हरेक थोकमा हजुरमाको सन्तुष्टि थियो। आमाका संघर्षका कथा लेख्न थाले त छुट्टै महिनौ लाग्ने आत्मकथा बन्ला तर मनले नमानी नमानी एउटा सरल, सहनसिल , गतिशील र प्रगतिशील बिचारले धनी आमाका केही सम्झनाहरु उहाँलाई समर्पित गर्दै श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।
मेरो स्कुल नजिक थियो कहिलेकाहीँ झगडिएर केटाकेटीमा भोकै स्कुलजाँदा दिउँसोको छुट्टिमा हरियो मकै पोलेर स्कुल आउनुहुन्थेयो। सुरुमा गाममा पानीको अभाब थियो सामुहिक धारा बिहान मात्रै आउथेयो बिहानै चिसो सिरेटोमा आफ्नो घुम्टोले बेरेर गाग्रो बोकाएर लाईन लाग्न पठाउनु हुन्थेयो। अहो! मकै भाँचेका रात मैकै खोस्टाएर कति बस्थेयौँ। गाउँमा टोलका साथीहरू सँग खाजा खान जाँदा घरमा भएजती सामान निकालेर पठाउनु हुन्थेयो।
घरमा भैंसी ब्याउदा बर्खामास पाडो बगेर बारिको काल्नामा पुगेका बेला सकि नसकी तानेको हिजो जस्तै लाग्छ। आमाले धेरै पढनु भएन तर हाम्रो पढाईको बारेमा निकै सचेत उहाँले पहिला , दोस्रा भन्नुहुन्थ्यो । म प्रायः फस्ट सेकेण्ड भैरहन्थे। अहिले स्नातकोत्तर सम्म पनि उहाँलाई पासकै चिन्ता थियो अस्पतालको बेडमा जिबनको अन्तिम समयमा पनि केटाहरू पास भएकि भएनन भनेर सोध्दै हुनुहुन्थ्यो जसले नचाहेर पनि मलाई बहकिन बाध्य पार्छ।
हजुरमा लाई कोहि धेरै बोलेको कराएको र धेरै मान्छे भिडभाड भएको कहिले मन परेन । घरमा बा आमाका गालि र कुटाई त उहाँसंगै लुकेर बिते । हामी तीन जना भाइ बैनी र म माध्यमिक तह पढदा सम्म हजुरआमाको रुममा सुत्न लडने गर्थेयौँ। आमा कडा हुनुहुन्थ्यो हाम्रो हजुरमाले कुटने डरले हामिलाई सानोमा कसैले जिस्काउदैन थियो।
बनमा फलफुल पाक्ने समयमा कैयौं पटक हजुरमा सँग जंगल जान्थेयौँ। ऐसेलु हजुरमालाई खुब मनपर्थेयो।
बारिमा काम गर्दा हामिले आमालाई अगाडी राखेर हेर्न लगाउथेयौं। कहिलेकाही आमाले मान्नुभएन भने हामिले तपाईले नहेरे हामी काम गर्दैनौं भन्थेयौँ। घरमा बुवा आमा र अरुले अराएको काम कमै टेर्ने हामी हजुरमाले अराएपछी मान्नुपर्छ भन्ने थियो। हाम्रोमा बर्खामासलाई दाउरा चिरेर राख्ने चलन थियो। एकपटक भाई र मैले सल्लाको मुडो बिहानै देखि चिरेयौं अप्ठ्यारो परेछ छिचोलोएन आमाले भोक लाग्यो यो मुडा अब गुल्टाईदेयाओ अब घर जाम तिमीहरूलाई भोक लाग्यो भन्नुहुन्थ्यो। मैले भात नखादा मकैको आटोलाई दुधमा पाकाएर चिनी राखेर के के भनेर झुक्याएर खुवाउनुहुन्थेयो। आजपनी दूध चियाको पारखी म उहाँको चिया पार्टनर मैले पकाको चिया ! अर्थात ठुलाकेटाले पकाको चिया एक भरी गिलास खाने !! सबै सबै थोक सम्झनामा अब ।
हार्दिक श्रद्धाञ्जली !! श्रद्धासुमन हजुरमा बाँकी जिन्दगी तपाईले इक्छाएका सपनाको गोरेटो र सिकाएको गतिशील, प्रगतिशील र निस्वार्थ सार्थक जीवन जिउने प्रयासमै हुनेछ। अलबिदा।।
-पुरन पोख्रेल