
काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको नमुना मतपत्र सार्वजनिक भएको छ । मतपत्रको दोस्रो लहरको पहिलो स्थानमा राष्ट्रिय जनमोर्चाको चुनाव चिह्न गिलास रहेको छ ।
निर्वाचन आयोगले २०७९ असोज ३० गते नमुना मतपत्र सार्वजनिक गरेको हो ।
मतपत्रमा पहिलोमा नेकपा एमालेको चुनाव चिह्न सूर्य रहेको छ । त्यस्तै, दोस्रोमा नेपाली काङ्ग्रेसको चिह्न रुख, तेस्रोमा नेकपा माओवादी केन्द्रको चिह्न गोलाकारभित्रको हँसिया हथौडा रहेको छ ।
निर्वाचन आयोगले समानुपातिक तर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको जनाएको छ । केही जिल्लामा मतपत्र ढुवानीको काम पनि सकिएको आयोगले जानकारी दिएको छ ।