
काठमाडौं । सत्ता गठबन्धनका तीन दलले संयुक्त अपील प्रकाशन गरेका छन् । मंगलबार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत) समाजवादीले संयुक्त अपील प्रकाशन गरेका हुन् ।
सत्तारुढ गठबन्धनले तयार पारेको संयुक्त अपिलमा राष्ट्रिय जनमोर्चाले भने हस्ताक्षर नगर्ने जनाएको थियो । अपीलमा ‘संघीयता’ लाई उपलब्धिका रुपमा राख्न प्रस्ताव गरेपनि राजमोले हस्ताक्षर नगर्ने यसअघि नै स्पष्ट पारिसकेको थियो । राजमोले हस्ताक्षर गर्न नमानेपछि तीन दलले मात्र साझा अपिलमा हस्ताक्षर गरेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मात्र संयुक्त हस्ताक्षर गरेर भोट माग्नुभएको हो ।
अपिलमा भनिएको छ, ‘गठबन्धन दलहरूले लिएको उद्देश्य र लक्ष्यप्रति आम नेपाली जनताको समर्थन र सहयोग रहँदै आएको कुरा यहाँ महत्वकासाथ स्मरण गर्नु आवश्यकता छ । राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई सुदृढ र संस्थागत गर्ने गहन राष्ट्रिय आवश्यकतालाई आत्मसात् गदै जनताको संघर्ष र बलिदानको परिणामस्वरुप स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मूल दस्तावेजमाथि अधिनायकवादी आक्रमणको खतरा जीवितै रहेको परिस्थितिमा संविधानमाथिको प्रतिगमनको खतरा रहेसम्म गठबन्धनको औचित्य कायमै रहनेछ ।’
गठबन्धनको अपीलमा ‘संघीयता’ लेख्न राजमो असहमत, संयुक्त अपील प्रकाशन नहुने
यस्तो छ अपील