एमालेलाई भोट माग्ने नैतिक अधिकार छैन: गठबन्धन उम्मेदवार केसी

कार्तिक २५ अर्घाखाँची। अर्घाखाँचीबाट प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ क मा उम्मेद्धारी दिनुभएका राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा बाम-लाेकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार सागर के.सी.ले एमालेलाई भोट माग्ने नैतिक अधिकार नभएको बताउनुभएको छ।

आसन्न निर्वाचनमा बामलोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेद्धार बन्नुभएका नेता के.सी.ले बहुमतको जनमत दिंदापनि सत्ता चलाउन असफल भएको आरोप लगाउँदै पटक–पटक संसद् भत्काउनेलाई भोट दिन नहुने धारणा व्यक्त गर्नुभएको छ ।

गठबन्धन अर्घाखाँचीले छत्रदेव गाउँपालिकाको ७ र ८ का बिभिन्न टोलमा आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार के.सी.ले यस्तो बताउनुभएको हो। अहिले एमालेबाट अर्घाखाँचीमा उम्मेद्धार बनेकाहरुलाई आफुहरुले समेत भोट हालेको ब्रिफ्रिङ्ग गर्दै नेता के.सी.ले उनिहरुले समेत मतको दुरुपयोग गरेको उहाँको आरोप छ।

आगामी निर्वाचनमा प्रतिगमन र अग्रगमनका बीच प्रतिस्पर्धा हुने उहाँले बताउनुभयो । आफ्नो राजनितिक जिवन जनता र देशको हितमा समर्पित गरेको दाबी गर्दै नेता के.सी.ले यो चुनावमा जनताले आफु र गठबन्धनलाई भोट दिन आतुर रहेको जिकिर समेत गर्नुभएको छ । अर्घाखँँचीका जनता खास विकासको पर्खाइमा रहेको भन्दै नेता के.सी.ले गठबन्धनको जितपछि जिल्लाको समग्र विकासको सुरुवात बताउनुभएको छ।

कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि पिताम्बर खनाल,माओवादी केन्द्रका प्रदेश सदस्य जंग बहादुर परियार,अखिल(छैठौं) केन्द्रिय अध्यक्ष देबेन्द कुँवर,सदस्य टेकराज भुसाल, राजमो छत्रदेव अध्यक्ष खिमनारायण पाण्डे लगायतले सहजीकरण गर्नुभएको बताइएको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार