अर्घाखाँचीमा गठबन्धनले चुनाव जितेपछि जिल्लाको विकासमा दृढ भएर लाग्छाैं: उम्मेदवार केसी

कार्तिक २६ अर्घाखाँची। अर्घाखाँचीबाट प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ क मा गठबन्धनका साझा उम्मेद्धार सागर के.सी.ले गठबन्धनले चुनाव जितेपछि जिल्लाको विकासमा दृढ भएर लाग्ने संकल्प गर्नुभएको छ।
राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य समेत रहनुभएका प्रदेशसभा क का उम्मेद्धार के.सी.ले अर्घाखाँचीको मालारानी र छत्रदेवका बिभिन्न वार्डमा भएका चुनावी सभालाई सम्बोधन गर्दै यस्तो संकल्प गर्नुभएको हो । आफु सहित गठबन्धनका तिनै जना उम्मेद्धार राजनीतिक यात्रामा निश्कलङ्कित रहेको र जनताले मत दिन आतुर भएको दाबी गर्दै नेता के.सी.ले आफुहरुले चुनाव जित्ने दाबी समेत गर्नुभएको छ।
उम्मेद्धार के.सी.ले जिल्लामा आर्थिक समृद्धिको आधार नै व्यवसायिक कृषि र पर्यटन भएको भन्दै दिगो विकासको निम्ति प्रकृति,संस्कृति र कृषिलाई पर्यटनव्यबसायमा जोड्ने गठबन्धनको योजना भएको सुनाउनुभएको छ । नेता के.सी.ले प्राप्त उपलब्धिको रक्षा,समावेशी अधिकार र आर्थिक समृद्धिको कार्यभार गठबन्धनको काँधमा रहेको दाबी गर्दै गठबन्धनले जित्नुको विकल्प नभएको जिकिर गर्दै कुनैपनि प्रलोभनमामा नपरी भोट दिन आग्रह गर्नुभएको छ।
कार्यक्रममा माओवादी केन्द्र मालारानी गाउँकमिटि अध्यक्ष पदम क्षेत्री,नेपाल समाजवादि पार्टीका केन्द्रीय सदस्य गोकर्ण थापा,अखिल (छैठौं) केन्द्रीय सदस्य टेकराज भुसाल लगायतले सहजीकरण गर्नुभएको बामलोकतान्त्रिक गठबन्धन चुनाव प्रचार–प्रसार समिति अर्घाखाँचीले जनाएको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार