प्रतिनिधि सभामा सबैभन्दा जेठा सांसद राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी

काठमाडौ ।  प्रतिनिधि सभामा सबैभन्दा जेठा सांसदको रूपमा राष्ट्रिय जमोर्चाका अध्यक्ष चित्रबहादुर केसी हुनुभएको छ । ८२ वर्षीय अध्यक्ष केसी बागलुङ क्षेत्र नं. १ प्रतिनिधि सभाबाट निर्वाचित हुनुभएको हो ।

उमेरक्रममा त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्छ । ७७ वर्षीय देउवा डडेलधुरा–१ बाट निर्वाचित हुनुभएको हो । त्यस्तै, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राप्रपाका ध्रुवबहादुर प्रधान ७३ वर्षको हुनुहुन्छ ।

त्यसैगरी रुपन्देही–४ बाट निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला ७२ वर्षीय तथा मोरङ–६ बाट निर्वाचित काङ्ग्रेसका डा शेखर कोइराला ७२ वर्षीय हुनुहुन्छ । त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट निर्वाचित हुनुभएको छ । उहाँ पनि ७० वर्षका हुनुहुन्छ ।

हालसम्म सबैभन्दा कान्छो उमेरको सांसदका रूपमा सोविता गौतमको प्रवेश भएको छ । आयोगबाट प्राप्त विवरणअनुसार उहाँ २७ वर्षीया हुनुहुन्छ । गौतम काठमाडौँ निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचत हुनुभएको हो ।

त्यसपछि, मुस्ताङ निर्वाचन क्षेत्र नं. १ बाट २९ वर्षीय योगेश गौचन थकाली र जुम्ला निर्वाचन क्षेत्र नं १ बाट ३० वर्षीय ज्ञानबहादुर शाही पनि कम उमेरका सांसदको सूचीमा पर्नुभएको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार