बुटवल। रुपन्देही जिल्लाको बुटवलमा अवस्थित बुटवल कालिका क्याम्पसले स्थापनाको ९ वर्ष पुरा हुँदा देशकै उत्कृष्ठ क्याम्पस बन्न सफल भएको छ ।
शनिबार क्याम्पसमा पत्रकार सम्मेलन गरि क्याम्पस प्रमुख घनश्याम पाठकले क्याम्पस स्थापना भएको १० वर्षको समयमा अत्याधुनिक भवनसंगै कक्षाकोठा, फर्निचर, प्रयोगशाला बनाउन सफल भएको जानकारी दिनुभयो।
बुटवल कालिका क्याम्पसको नवौ वार्षिकोत्सब तथा अभिभावक दिवसमा पुर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट मंसिर २३ गते भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
नेपाल सरकार अर्थ मन्त्रालयबाट ६ करोड रुपैया र क्याम्पसको आन्तरिक आम्दानीबाट भवन निर्माण गरेको पाठकले बताउनुभयो । ३५ जनाबाट शुरु भएको कलेजमा हाल २ हजार ८ सय ३८ जना विद्यार्थीहरु अध्ययरत छन भने ७५ जना प्राध्यापक र कर्मचारीहरु रहेको क्याम्पस प्रमुख पाठकले बताउनुभयो।