पाँच वर्षपछि जनताले नै प्रदेश खारेजीको नारा लगाउँछन् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अबको ५ वर्ष पछि जनता प्रदेश संरचना खारेजीको माग गर्दै सडकमा आउने बताएका छन् ।

नेपाली कांग्रेस विराटनगर महानगर कार्यसमितिद्वारा मंगलबार आयोजित नेता गुरुराज घिमिरेको ‘बाटो बिराएको राजनीति’ पुस्तक विमोचनका क्रममा बोल्दै उनले नतिजा देखिने गरी काम गर्न नसके प्रदेश संरचना खारेजी माग गर्दै जनता सडकमा उत्रिने बताएका हुन्।

प्रदेश सरकारका कामलाई लिएर आलोचना र प्रश्न उठ्ने गरेको बताउँदै उनले अबको पाँच वर्ष नतिजा दिने गरी काम नगरे प्रदेश नै नरहने बताए ।

‘अबको पाँच वर्षपछि कि प्रदेश चाहिन्छ भन्ने अवस्थामा पुग्छ’ उनले भने, ‘कि त प्रदेशको काम छैन भनेर जनताले नारा लगाउँछन् ।’

उनले आफूलाई गुरु घिमिरेको कार्यकर्ता भन्दा गौरव लाग्ने पनि बताए। उनले गुरु घिमिरे जस्तो व्यक्तिलाई यो पटक प्रदेशसभाले मिस गरेको बताए।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार