बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले पार्टी सरकारमा नजाने र प्रतिपक्षमा बस्ने बताएका छन् । शुक्रबार बुटवल कालिका क्याम्पसको नवौं वार्षिकोत्सवलाई सम्बोधनपछि पत्रकारसँग कुरा गर्दै उनले मंसिर ४ को चुनावको जनादेश अनुसार एमाले प्रतिपक्षमा बस्ने बताएका हुन् ।
माओवादी केन्द्र र अरु दलसँग मिलेर सरकारमा जाने सम्भावनाबारे पत्रकारको प्रश्नमा उपाध्यक्ष पौडेलले त्यस्तो खेलमा एमाले नलाग्ने बताए । पौडेलले भने, ‘एमाले केही सिटले दोस्रो पार्टी बनेको छ, यो जनादेशको सम्मान गर्दै सशक्त प्रतिपक्षको भूमिका निभाउँछौं ।’