बुटवल, २८ मंसिर । मंसिर ४ गते भएको निर्वाचन सौहार्दपुर्वक सम्पन्न भएको सरोकारवालाहरुले बताएका छन। लुम्बिनी प्रदेश सवाद समुहको आयोजनमा आयोजित प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन २०७९ को समिक्षामा बोल्ने बक्ताहरुले अहिलेको निर्वाचन सौहार्दपुर्वक रुपमा सम्पन्न भएको बताए।
कार्यक्रममा बोल्दै निर्वाचन कार्यालय रुपन्देही प्रमुख अयोध्ह्या प्रसाद भन्डारीले रुपन्देहीमा मतदाता शिक्षा प्रभावकारी नदेखिएको बताए। उनले निर्वाचन स्वच्छ रुपमा सम्पन्न भएको बताउदै जिल्लाका सबै स्थानमा मत बदर रहेको बताए। उनले मतदाता शिक्षा लुम्बिनीका १२ जिल्लाभन्दा अगाडि नै रुपन्देहीमा शुरु गरेपनी सबैभन्दा धेरै बदर यहाँ देखिएको बताए। उनले राजनीतिक दलका उम्मेदवारहरुले चुनावी खर्च नबुझाएकोले बुझाउन आग्रह गरे।
पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेलले पत्रकारहरुको भूमिका निकै सन्तुलित रहेको बताउदै महासंघको पहलमा सन्तुलित बनाईएको बताए । उनले आवश्यक निर्देशन एव ध्यानाकर्षण गराएको बताए।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवल प्रमुख डिएसपी ठग बहादुर केसीले अघिल्लो निर्वाचनको तुलनामा शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको बताए।
कार्यक्रममा एमालेका केन्द्रिय सल्लाहकार एव संविधानसभा सदस्य नेत्र पन्थी, काङ्ग्रेस काङ्ग्रेस सदस्य बिष्नु पोख्रेल, माओवादीका केन्द्रिय सचिवालय सदस्य एव पुर्वमन्त्री हकिकुल्ला खा, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश कार्यवाहक अध्यक्ष लक्ष्मण खडका, जनमोर्चाका नेता टान बहादुर केसी, राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि दिपक ठाकुर, अपाङ्ग महासंघका प्रदेश सचिव सन्तोष पन्थी, प्रेस युनियन रुपन्देही सभापती रेखा भुसाल, बार एसोसिएसन बुटवल अध्यक्ष कैलाश ज्ञवाली, बार पुर्व अध्यक्ष महेन्द्र पाण्डे, लैङ्िगक अल्पसंख्यक आनिक राना, सम्बाद सहजकर्ता बिक्रम खडका लगायतले बोलेका थिए।