प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयहरू राजनीतिबाट मुक्त भई प्राज्ञिक, अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
काठमाडौँ विश्वविद्यालयको २८ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै कुलपति समेत रहनुभएका प्रधानमन्त्री देउवाले यस विश्वविद्यालयले सृजनशील जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक विकासमा टेवा पुर्याएको बताउनुभयो।
प्रधानमन्त्री देउवाले नेपालको उच्च शिक्षाको क्षेत्रमा काठमाडौँ विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका निभाइरहेको भन्नुहुँदै विगत ३ दशकदेखि मुलुकलाई गुणस्तरीय, व्यवहारिक र विभिन्न विधामा सृजनशील तथा क्षमतावान् विद्यार्थी उत्पादन गरी मुलुकका साथै विदेशका विभिन्न प्रतिष्ठित संस्थाहरूमा समेत सेवा प्रवाह गरिरहेको बताउनुभयो ।