बुटवल। राष्ट्रपति बिद्यादेवी भण्डारी बुटवल आउने भएकी छन्।
समृद्ध नेपाल निर्माणको आधार स्वदेशी उद्यमशिलताको बिस्तार भन्ने नाराका साथ रुपन्देही उद्योग संघले बुटवलमा सन्चालन गर्ने १५ औ राष्ट्रिय औद्योगिक प्रर्दशनीको समुदघाटनका लागि बुटवल आउन लागेकी हुन्।
यहि पुष ७ गते बुटवल स्थीत बुटवल मण्डपमा नवनिर्मित प्रदर्शनी स्थलमा आयोजना हुने १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृर्षि प्रविधी तथा पर्यटन महोत्सवको उदघाटनका लागि राष्ट्रपति भण्डारी बुटवल आउन लागेको आयोजकले जनाएका छन्।
राजधानी बाहिर पहिलो पटक २०४५ सालमा औद्योगिक प्रदर्शनी आयोजना गरेको दावी गर्ने उद्योग संघको यो प्रदर्शनी १५ औं सस्करण हो।
पुष ७ गतेबाट सन्चालन हुने प्रर्दशनी पुष १९ गतेसम्म चल्ने प्रर्दशनीमा स्वदेशी उत्पादनका करीव ३ सय स्टल रहने छन् भने बिविध सांस्कृतिक कार्यक्रम समेत सन्चालन हुने छन्।
विगतका दुईवर्ष कोभिड महामारीका कारण मानिसको स्वास्थ्यसँगै उद्योग व्यवसाय पनि थलिएका कारण औद्योगिक प्रदर्शनी आयोजना हुन सकेको थिएन्। पछिल्ला केही बर्ष यता रुपन्देही उद्योग संघ, रुपन्देही ब्यापार संघ र बुटवल उद्योग बाणिज्य संघले आलोपालो प्रदर्शनी तथा मेला महोत्सव सन्चालन गर्दै आएका छन्।
आयोजक रुपन्देही उद्योग संघले प्रर्दशनी सम्पन्न गर्नका लागि मुल आयोजक समिती निर्देशक समिती र उपसमितीहरु समेत गरी बिभिन्न समितीहरु गठन गरेर काम अगाडी बढाएको जनाएको छ।