उपसभामुखको प्रस्ताव, अध्यक्ष केसीले धन्यवाद भन्दै गरे अस्वीकार

जेठ १ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष र प्रवक्ता तथा सांसद दुर्गा पौडेललाई प्रतिनिधिसभाको उपसभामुख बनाउनको लागि प्रस्ताव गरेको खुलासा भएको छ । अध्यक्ष चित्रबहादुर केसीले आजै प्रेस विज्ञप्तिमार्फत त्यसको खुलासा गर्नुभएको छ । अध्यक्ष केसीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीलाई प्रस्तावका लागि धन्यवाद दिँदै अहिलेको विशिष्ट अवस्थामा उक्त पदलाई स्वीकार गर्न असमर्थ रहेको बताउनुभएको छ । ‘हामीसित राखेको प्रस्तावलाई हामीले सकारात्मकरूपमा लिन्छौँ र त्यसका लागि उनीहरूलाई धन्यवाद पनि दिन्छौँ’, अध्यक्ष केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नीतिगतरूपमा उपसभामुखको पद स्वीकार गर्नलाई हामीलाई कुनै आपत्ति थिएन र छैन पनि । संसदमा भएका हाम्रा कैयौँ सांसदहरू बिभिन्न संसदीय समितिहरूमा रहने गर्नुभएको थियो र गतकालमा स्वयम् कामरेड दुर्गा पौडेलले पनि सभामुखको अनुपस्थितिमा कैयौँपल्ट सभामुखको कार्यको पनि सञ्चालन गर्नुभएको थियो । त्यसप्रकारको पृष्ठभूमिमा उपसभामुखको पद स्वीकार गर्न नीतिगत रूपमा हामीलाई कुनै अप्ठेरो पर्ने कुरा थिएन ।’  आफ्नो पार्टीको तर्फबाट संसदमा १ जनामात्रै प्रतिनिधि भएकाले राजनीतिक भूमिका नै समाप्त हुने भएकाले उपसभामुख पद स्वीकार गर्न नसकिएको उहाँले स्पष्ट पार्नुभएको छ । विज्ञप्तिमा अगाडि भनिएको छ, ‘संसदमा हाम्रो पार्टीको तर्फबाट एकजना मात्र प्रतिनिधि भएको हुनाले उहाँलाई प्रतिनिधिसभाको उपसभामुख बनाउँदा संसदमा हाम्रो राजनीतिक भूमिका नै समाप्त हुने भएकाले हामी अहिलेको विशिष्ट अवस्थामा त्यो पदलाई स्वीकार गर्न असमर्थ भएको कुराको जानकारी गराउन चाहन्छौँ।

 

स्रोत: दैनिक अनलाइन डट कम

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार