समाज रुपान्तरणको सबैभन्दा ठूलो हतियार संचार माध्यम : मन्त्री गहतराज

बुटवल ।  युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले रुपान्तरणको सबभन्दा ठूलो हतियार संचार माध्यम रहेको बताएका छन् ।

जागरण मोडिया सेन्टरको २३औँ वार्षिक साधारण सभा तथा रेडियो जागरण ९३.६ मेगाहर्जको १५ औँ वार्षिकोत्सब समारोहलाई सम्बोधन गर्दै मन्त्री गहतराजले यस्तो बताएका हुन् ।

कार्यक्रममा प्रमुख अतिथी समेत रहेका मन्त्री गहतराजले दलित मुक्ती आन्दोलन, वर्गीय तथा क्षेत्रीय बिभेदको अन्त्य तथा परिवर्तनको लागि संचार माध्यमले ठूलो भुमिका रहेको बताएका छन् । एक ब्याक्ती बोल्दा केही मानिसले मात्र सुन्ने तर संचार माध्यमले बोल्दा धेरैले सुन्ने बताउँदै परिवर्तनको आधार मिडिया रहेको उनको तर्क छ ।

समाजिक विभेद, जातिय बिभेदको बिरुद्ध हातेमालो गरेर अगडी बड्नु पर्नेमा उनले जोड दिए । नेपालको निर्वाचन प्रणाली पनि सबै विभेद तथा बिकृतिको मुल जड भएको उनले बताएका छन् । “भोट पाउने आशामा भएपनि कसैको अपराध तथा बिभेद लुकाउन खोजिने गरेको छ, त्यसैले यो निर्वाचन प्रणाली नै परिवर्तन हुन जरुरी छ ” उनले भने ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार