एमालेका उपाध्यक्ष–सचिवसहित चार सांसदविरुद्ध सर्वोच्चमा मुद्दा

काठमाडौं ।  हालै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणनामा धाँधली भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले)का चार संघीय सांसदविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, सचिव रघुवीर महासेठ, नेता सुवासचन्द्र नेम्वाङ र महेश बस्नेतविरुद्ध मुद्दा परेको हो । निर्वाचनमा नेम्वाङले मतगणनामा धाँधली गरेर चुनाव जितेकाले दाबी गर्दै उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले पुनः मतगणनाको माग गर्दै मुद्दा दायर गर्नुभएको छ ।

त्यस्तै, इलाम–१ मा महेश बस्नेतले धाँधली गरेरै निर्वाचन जितेको दाबी गर्दै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पुनः मतदान र मतगणनाको मागसहित सर्वोच्चमा रिट दिनुभएको हो ।

धनुषा–४ बाट प्राप्त मत परिणामलाई अस्वीकार गर्दै कांग्रेसका उम्मेदवार महेन्द्र यादवले पुनः मतगणनाको माग गर्दै बुधबार सर्वोच्चमा रिट दायर गर्नुभएको छ । उहाँले पनि एमाले नेता रघुवीर महासेठले धाँधली गरेको आरोप लगाउनुभएको छ । रूपन्देही–२ मा पुनः मतदान/मतगणनाको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले नेता विष्णु पौडेलका विरुद्धमा सर्वोच्चमा रिट दायर गर्नुभएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार