संघीयता खारेजीका लागि जनमाेर्चाद्वारा संघर्षको घोषणा

काठमाडौं ।  राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीका लागि विभिन्न कार्यक्रमको घोषणा गरेको छ । नेपालका लागि संघीयता उपयुक्त नभएको ठहरसहित सुरुदेखि नै विरोध गर्दै आएको राजमोले यसको खारेजी गर्न अभियान थालेको हो ।

हालै बसेको राजमो केन्द्रीय समितिको बैठकले आगामी माघ महिनादेखि संघीयताविरुद्ध संघर्ष अगाडि बढाउने निर्णय गरेको महासचिव मनोज भट्टले जानकारी दिनुभयो ।

घोषित कार्यक्रम अनुसार ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, संघीयता खारेज गरौँ’ भन्ने मूल नाराअन्तर्गत माघ महिनाभरी संघर्षका विविध कार्यक्रम सञ्चालन हुनेछन् ।

जस अन्तर्गत प्रत्येक जिल्लामा संघर्षको विषयवस्तु र औचित्यलाई सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने, जिल्लाका महत्वपूर्ण स्थानहरुमा सभा/कोणसभा गर्ने, प्रत्येक प्रदेशको मुकाम भएका स्थानहरुमा अन्तरक्रिया गर्ने, काठमाडौंमा केन्द्रीय स्तरको अन्तरक्रिया गर्ने, मुख्यमन्त्रीलाई ज्ञापनपत्र दिने, केन्द्रमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिने लगायत कार्यक्रम तय गरिएको छ ।

साथै, फागुन महिनामा संघर्षका थप कार्यक्रम सार्वजनिक गर्ने राजमो केन्द्रीय कार्यालयले जनाएको छ ।

राजमोले आगामी २०८० सालको वैशाख र जेठ महिनामा जिल्ला सम्मेलनहरु गर्ने ठेगान गरेको छ भने आगामी फागुन २७ र २८ गते बुटवलमा राष्ट्रिय परिषद बैठक गर्ने निर्णय गरेको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार