
कविता
जाउस यो ज्यान बरु जान्छ भने ।
खाओस आगोले बरु खान्छ भने।
** देश बाच्नु पर्छ देश हास्नु पर्छ।।
** भन न मैले अरु के मास्नु पर्छ।।(1)
यहाँ एक गौरमय ईतिहास छ।
त्यहि त स्वर्गतुल्य मिठास छ।
**बैरि तेरा योजना नकाम हुन्छ।।
** जब भाईहरु एक फलाम हुन्छ।।(2)
तैले स्वाभिमान माथि धावा?।
धिकार भन्छु त साथि जावा।
** देश जोगाउने मेरै बल बुतामा।।
**अाज मैलाई गर्छ छल कप्टिमा।।(3)
ईतिहास दोह्राउने दिन अाए कि!
ए!जेठा घैटामा अब घाम लाए कि!
**सपनामा चीत्कार सुन्छु अनि रुन्छु।।
**नपुग्ला म मर्दा तो भुमि भनि गन्छु।।(4)
साच्चै पुर्खा त यति कायर थिएनन्।
जादा किन हामि लाई सार दिएनन्।
**अब पुर्खाको बिरासत नै जोखिममा छ।।
**उठ जाग हाम्रो गर्धन बडे हाकिममा छ।।(5)
अर्थ के बाचेको टेक्ने ठाउँ खुम्चिन्छ।
नदिनाला जब गाउँ सुम्पिन्छ।
अाजै स्वतन्त्रताको युद्ध वारपार गरौ।।
राष्ट्रिय अखण्डताको व्यापार नगरौ।।(6)
मुकुन्द राज रोका