आवाज सहकारीकाे अधिवेशन सम्पन्न, अध्यक्षमा अधिकारी

बुटवल । आवाज बचत तथा ऋण सहकारी संस्था बुटवलको १३ औं साधारणसभा तथा अधिवेशन एक कार्यक्रमका बिच शनिबार सम्पन्न भएको छ।

अधिवेशनले जीवन प्रसाद अधिकारी अध्यक्ष रहेको ११ सदस्यीय आवाज बचत तथा ऋण सहकारी संस्थाको संचालक समिति चयन गरेको छ। जसको उपाध्यक्ष मीनराज भुसाल, सचिव बालकृष्ण पाण्डे, काेषाध्यक्ष स्वराज कुमार जैसवाल र सदस्यहरुमा क्रमशः गिता बन्जाडे, गकुल कडेल, रुद्रहरी कुवर, विष्णु न्याैपाने, भेषराज थापा, गाेमा न्याैपाने, येदुनाथ न्याैपानेलाई चयन गरेको छ।

त्यस्तै लेखापरीक्षण समितिमा राजिव गाैतम संयाेजक तथा मनाेज कालिराज र नवीन कार्कीलाई सदस्यमा चयन गर्नुका साथै विभिन्न उपसमिति र सल्लाहकार समिति समेत चयन गरिएको छ।

अधिवेशनकाे पुर्व कृषिमन्त्री केशव प्रसाद बडालले गर्नुभएको थियो भने राष्ट्रिय सहकारी महासंघका संचालक भिम प्रसाद तुलाचर, नेप्स्युन संचालक तथा सहकारी बिकास बाेर्डका सदस्य सन्दिप सापकोटा लगायतले सहकारीको भूमिकाका बारेमा आ-आफ्नो भनाइ राख्नुभएको थियो।

अधिवेशन अध्यक्ष बाबुराम बन्जाडेकाे अध्यक्षता, सचिव बालकृष्ण पाण्डेको संचालन र जीवन प्रसाद अधिकारीकाे स्वागत मन्त्वयमा सम्पन्न भएको थियो।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार