जेठ २, सुपादेउराली अनलाइन – भुमिकास्थान नगरपालिका वडा नं ३ का अध्यक्ष बालकृष्ण बन्जाडेका छोरा कमल बन्जाडेको निधन भएको छ।
कमल बन्जाडेकाे आज ४१ बर्षकाे उमेरमा हृदयघातका कारण असामयिक निधन भएकाे हाे ।
आज दिउँसो करिव पाैने १२ बजे आफ्नै निवासमा हृदयघात हुँदा उनलाई तत्कालै उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो। तर बिडम्बना अस्पतालमा रहेका डाक्टरहरुको चेकजाँच पछी उनलाई मृत घाेषणा गरिदिएको थियाे ।
मृतक बन्जाडेकाे सन्धिखर्क स्थित गच्छे घाटमा अन्तिम संस्कार गरिदै छ ।
यसअघि मृतक बन्जाडेकाे स्मृतिमा नेकपा अर्घाखाँचीले अस्पताल परिसरमै शाेक सभा गरकाे थियाे । बन्जाडेकाे पार्थिव शरिरमा नेकपा अर्घाखाँचीका अध्यक्ष चेतनारायण आचार्यले पार्टीकाे झण्डा ओढाएका थिए ।