
काठमाडौं । पत्रकार दम्पतीले आफ्नी छोरी पहिलो पटक महिनावारी भएकोमा धूमधामसँग खुसीयाली मनाएका छन् ।
राससमा कार्यरत पत्रकार प्रकाश सिलवाल र रेडियो नेपालमा काम गर्ने उनकी पत्नी यशोदा सिलवालले ११ वर्षीया छोरीको महिनावारीलाई उत्सवका रूपमा मनाएका हुन् ।
पत्रकार जोडीले हिजो निकट आफन्त र साथीभाइ सहितको जमघट आयोजना गरेका थिए । कार्यक्रममा बालिकालाई सयपत्री फुलको माला र शिरमा क्राउन पहिराइएको थियो ।
बालिकालाई केक काट्न पनि लगाइयो । बालिका र बुवाआमाले एक अर्कालाई केक खुवाए । आगन्तुकहरूले बालिकालाई बधाई दिए ।
यशोदाले आफ्नो फेसबुकमा उक्त सेलिब्रेसनका तस्बिरहरू पोस्ट गरेकी छन् । महिनावारी पाप होइन उत्सव हो भनेर यो कार्यक्रम आयोजना गरेको उनको भनाइ छ ।