स्कलर्स हाेम बाेडिङ स्कुलले मनायो ३१ औं वार्षिकोत्सव

बुटवल ।  बुटवलको स्कलर्स हाेम बाेडिङ स्कुलले साेमबार विविध कार्यक्रम गरि विद्यालयको ३१ औँ वार्षिकोत्सव मनाएको छ। 

३१ औँ वार्षिकोत्सवलाई उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष प्रदिप कुमार श्रेष्ठले गुणस्तरीय शिक्षा प्राप्तिमा आर्थिक, सामाजिक, भौतिक र नीतिगत समस्याहरु भएको र आफूले ती समस्याहरु समाधान गर्नको लागि पहल गर्ने बताउदै अध्यक्ष श्रेष्ठले निजी विद्यालयले राज्यलाई सहयोग गरेको र राज्यले पनि निजी विद्यालयलाई सरकारी विद्यालयलाई जस्तै सेवा सुविधा दिनुपर्ने निति ल्याउदा उचित हुने बताए।

विद्यालयका प्रधानाध्यापक बाबुराम बन्जाडेले सबै खाले विद्यार्थीहरुको शिक्षा प्राप्तिको उत्कृष्ट थलो बनाउने योजना विद्यालयले बनाएको र यसमा अभिभावक, समुदायले इमान्दारिताका साथ सहयोग गर्नुपर्ने बताए । प्रधानाध्यापक बन्जाडेले बिद्यार्थीलाई किताबी ज्ञान मात्रै नभएर बाहिरी अतिरिक्त क्रियाकलापमा समेत सहभागी बनाएर विद्यार्थीकाे रुचि अनुसार उनीहरुले चाहेको विषयमा अध्ययन गर्न दिनुपर्ने बताए। 

कार्यक्रममा विद्यालयका संस्थापक प्रधानाध्यापक शिव गुरुङ, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लाेकनाथ ज्ञवाली, विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष खुविराम आचार्य लगायत मन्त्वय राखेका थिए।

कार्यक्रममा विद्यालयका विभिन्न तहहरुमा उच्च शैक्षिक उपलब्धि दिलाउने शिक्षकहरु र २०७८ काे वार्षिक परिक्षामा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई प्रमाणपत्र, मायाको चिनाेले र दोसल्लाले सम्मान गरिएको थियो।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार