भूमिकास्थान चुनढुङ्गा प्रकरण, खानि सन्चालन कुनै पनि हालतमा हुदैन: नगरप्रमुख थापा

बुटवल । अर्घाखाँचीको भुमिकास्थान ९ को सानडेवा क्षेत्रमा चुनढुङ्गा खानि सन्चालन गर्ने भन्ने बिषयले यतिबेला जिल्लाको माहोल फेरि तातेको छ । केही दिन अघि बिजया सिमेन्टको पहलमा सार्बजनिक भेला गरिएपछि यो बिषय फेरि चर्चामा आएको हो ।

कम्पनिको तर्फबाट आयोजना गरिएको उक्त भेलामा स्थानियबासि तथा खिल्जी ,असुरकोटबाट खानेपानी समितिका पदाधिकारिहरुको उपस्थिती भएको थियो । भुनपा वडा नम्बर ९ का वडा अध्यक्ष खेमराज चुंदालिलाइ प्रमुख अतिथि बनाईएको कार्यक्रममा अन्य जनप्रतिनिधिहरुको उपस्थिती भने देखिएको थिएन ।

भुमिकास्थान नगरपालिकाले यस अघिनै खानी संचालन नहुने भनी निर्णय गरिसकेको अवस्थामा फेरि एकाएक माहोल तातिन थालेपछी ,भुमिकास्थान नगरपालिकाका नगर प्रमुख झबिलाल थापालाई हामिले सम्पर्क गरि,खानि सन्चालन गरिने भनेर आएका कुराहरु के हुन् ? भनेर सोधेका थियौँ ।

यश प्रश्नमा मेयर थापाले यि सबै कुराहरु बिजया सिमेन्टका तर्फबाट गरिएका औचित्यहिन प्रयास मात्रै भएको जवाफ दिएका छन ।

उक्त क्षेत्रमा चुनढुङ्गा खानी संचालनको बिषय नगरपालिकाले पहिले नै रोकिसकेको हुनाले यो बिषयले फेरि कार्यपालिकामा प्रबेस नै नपाउने उनको दावी छ ।

केहि जनप्रतिनिधिहरु त खानि खोल्नुपर्ने पक्षमा देखिए नि ! यो अवस्था के हो ?

मेयर थापाले आफुले अहिले सम्म त्यस्तो नपाएको र यदि कसैले गरे त्यो जनतामाथि गरिएको अपराध हुने भएको भन्दै, त्यस्ता जनप्रतिनिधिको भन्डाफोर गर्न पनि जनतालाई आह्वान गरेका छन ।

साथै भुमिकास्थान नगरपालिकाका ५,६ , ७ र ८ वार्डका करिव २ हजार घरधुरिको पिउनेपानी सँग जोडिएको बिषय भएकोले , उक्त क्षेत्रका उपभोक्ताहरुले यस्ता षडयन्त्रलाई चिर्नुपर्ने र आबश्यक परे आन्दोलन गरि यस्ता खाले गतिबिधिमा रोक लगाउनुपर्ने पनि मेयर थापाको भनाइ छ ।

“बरु मर्न तयार छु, तर कुनै प्रभावमा परेर जनहित बिरोधी काम गर्ने छैन” भन्दै – खानि सन्चालन हुँदैन, भन्ने सन्देश जनतालाई दिन मिडिया सामु थापाको अनुरोध छ ।

खिल्जीका वडा अध्यक्षलाई सम्पर्क गरि यो बिषयमा थप बुझ्ने कोशिस गर्दा ,खानि उत्खननको बिषय जनहित बिरोधी भएकोले यसलाई रोक्न आफुले सक्दो पहल गरेको बताएका छन ।

त्यसैगरि असुरकोट खानेपानीका सचिव राजु सुनुवार संग सम्पर्क गर्दा- खिल्जी असुरकोटको सामुहिक सङ्घर्ष समिती निर्माण गरि , यसका बिरुद्ध लाग्ने बिषयमा छलफलहरु चलिरहेको बताए ।

यसै बिषयमा हामिले प्रदेश सांसद रामजि घिमिरे संग पनि कुराकानि गरेका थियौँ ।

उनले यो बिषयमा आफुलाई धेरै कुरा थाहा नभएको र आफ्नो जानकारिमा आए अनुसार, नगरपालिकाले यस बिषयको अध्ययन गरिरहेको बताए ।

यसरि एकातिर खानी सन्चालन गर्ने बिषयमा कम्पनिले आफ्नो सकृयता बढाईरहेको छ भने अर्कोतिर उसैगरि बिरोधको आवाज पनि निस्किरहेको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार