काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बित भएका छन् ।
मंसिर ४ गतेको निर्वाचनमा मनाङबाट निर्वाचित सांसद गुरुङमाथि भ्रष्टाचारको मुद्दा चलिरहेको छ । संसद सचिवालयले उनी निलम्बित भएको सूचना जारी गरेको छ ।
‘भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ बमोजिम मिति २०७९ पुस ८ गतेदेखि निलम्बन हुनुभएकोले यो सूचना प्रकाशन गरिएको छ,’ संसद सचिवालयका महासचिव डा. भरतराज गौतमको हस्ताक्षर रहेको सूचनामा उल्लेख छ।
उनी विरुद्ध अख्तियारले २०७५ माघ २१ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।