नागरिक संवाद केन्द्रमा न्यायिक समितिको क्षेत्राधिकार र न्यायीक प्रक्रियाबारे छलफल

बुटवल। नागरिक संवाद केन्द्र बुटवलको आयोजानमा न्यायिक समितिको क्षेत्राधिकार र न्यायीक प्रक्रियाको विषयमा छलफल सम्पन्न गरेको छ । कार्यक्रममा बुटवल उपमहानगरपालिकाले पाँच बर्षमा गरेको न्यायिक समितिको क्षेत्राधिकार र न्यायीक प्रक्रियाको विषयमा छलफल गरिएको हो ।

नेपाल कानुन समाज द्वारा सञ्चालित नागरिक संवाद केन्द्र बुटवलले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिका निवर्तमान उपप्रमुख गोमा देवी आर्चायले कानुन बुझेर कानुनलाई पूृणर् रूपमा कार्यन्वयन गर्न सके मात्र सब्य समाज निर्माण गर्नका निम्ति सहज हुने बताईन् ।
उक्त कार्यक्रममा बुटवल उपमहानगरपालिकाको न्यायिक समितिले पाँच बर्षमा भए गरेका काम विषयमा छलफल गर्दै उनले बुटवल उपमहानगरपालिकाको इजलास नमुना इजलास भएको बताउदै न्यायिक समिति भनेको स्थानिय अदालत पनि भएको हुदाँ यसमा विभिन्न अवसर र चुनौतीहरू पनि रहेको उनले बताइन् । बुटवल उपमहानगरपालिकामा औपचारीक रूपमा इजलास सुरू भएपछि आएका विवादहरू न्यायिक समितिमा दर्ता दफा ४७.१ ४७.२ मध्ये ६९ विवाद (१) अन्तरगत र अरू (२) अन्तरगत विवाद गरी जम्मा ४०३ विवाद परेको बताइन् । जसमा घरेलु हिसां संग जोडिएका विवाद,अपाङ्गता भएका व्यक्तिका विवाद,बाटोको विवाद,ज्याला मजदुरीका विवाद,घरवाहल सम्बन्धि विवाद,ध्वनी प्रदुशण सम्बन्धि विवादका मुद्धाहरू परेकामा सहज रूपमानै मिलाउन सकिएको आर्चायले बताइन् ।

नेपाल कानुन समाज द्वारा सञ्चालित नागरिक संवाद केन्द्र बुटवलले आयोजना गरेको छलफल कार्यक्रममा राजनितिक दलहरुका प्रतिनिधिहरु, कानून व्यवसायी,टोल विकास समिति संस्थाका प्रतिनिधिहरू,शिक्षक, कानुनका विद्यार्थीहरू सहितको सहभागिता रहेको थियो ।

संवाद केन्द्रले आगामी दिनमा पनि सरोकारवाला संग छलफल गरि कानुन निर्माणमा सहयोग पुर्याउने नागरिक संबाद केन्द्र लुम्बिनी प्रदेश बुटवलका प्रमुख हेमा न्यौपानेले बताइन ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार