लायन्स क्लबको आह्वानमा ३१ जनाले गरे रक्तदान

टेकराज भुसाल,

जेठ ३ सुपादेउराली अनलाइन । “मानवीय सेवा नै जिबनको सर्बोत्तम कार्य हो।” भन्ने मुल उद्धेश्य तथा रक्त दान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै कोरोनाको महामारीलाई मध्यनजर गरेर लायन्स क्लब अफ बुटवल बेल्वास सिटीको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेको जानकारी दिँदै क्लबका प्रथम उपाध्यक्ष गोबिन्द खनालले अगामी दिनमा पनि नियमित रुपमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

रक्तदान कार्यक्रम क्लबका अध्यक्ष लक्ष्मण खड्का, सचिव बेदप्रसाद गैरे लगायतकाे बिशेष उपस्थित तथा बिस्नुप्रसाद पाण्डेकाे संमयाेजनमा सम्पन्न भएकाे थियाे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार