काठमाडौं । सत्ता गठबन्धनमा प्रदेशको नेतृत्वको भागबन्डामा सहमति जुटेको छ । आइतबार साँझ बालुवाटारमा बसेको बैठकले सहमति जुटाएको हो ।
उच्च स्रोतका अनुसार मधेसमा पहिलो कार्यकाल जसपाले चलाउने भएको छ । दोस्रो कार्यकाल जनमत पार्टीले चलाउने छ ।
वाग्मतीमा पहिलो कार्यकाल माओवादीले नेतृत्व गर्नेछ । दोस्राे कार्यकाल एमालेले नेतृत्व गर्नेछ ।
गण्डकी र लुम्बिनीमा पूरै कार्यकाल एमालेले नेतृत्व गर्नेछ ।
कर्णालीमा पूरै कार्यकाल माओवादीले नेतृत्व गर्नेछ ।
सुदूरपश्चिममा पहिलो कार्यकाल एमालेले चलाउँदा दोस्रो कार्यकाल माओवादीले चलाउनेछ ।
प्रदेश १ एमालेले पाइसकेको छ ।