काठमाडौ । राष्ट्रिय जनमाेर्चा (राजमाे) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वकाे सरकारलाई विश्वासकाे मत नदिने भएकाे छ।
साेमबार नयाँ बानेश्वरस्थित संघीय सांसद् भवन पुगेका राजमाे अध्यक्ष तथा सांसद् चित्रबहादुर केसीले आफूहरूले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई विश्वासकाे मत नदिने जानकारी दिएका हुन्।
सञ्चारकर्मीहरूसँगकाे कुराकानीमा उनले अन्य दल: नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीले जे गर्छ राजमाेले पनि त्यही नगर्ने सधैँ देश र जनताकाे पक्षमा रहने बताएका हुन्।
‘राजमाेले एमाले, कांग्रेस, माओवादी जसले जे गर्छ, त्यही गर्दैन। सधैँ देश र जनताकाे पक्षमा रहन्छ’, उनले भने, ‘ हामी प्रतिपक्षमा रहेर खबरदारी गर्छाैँ। प्रचण्डलाई विश्वासकाे मत दिँदै दिँदैनाैँ।
प्रचण्डले पुस २६ विश्वासकाे मत लिँदैछन्। नियुक्ति लिएकाे एक महिनाभित्र संसदबाट विश्वासकाे मत ल्याउनुपर्ने व्यवस्था अनुसार उनले भाेलि विश्वासकाे मत लिन लागेका हुन्।
उनलाई आफ्नाे पार्टीका साथै एमालेलगायत सरकारमा सहभागी दलहरूकाे समर्थन रहेकाे पाइन्छ।