४८ बर्षमा मनायो बालशिक्षा मा.वि.ले बार्षिक उत्सव, शिक्षाको गुणस्तर बृद्धि आजको आवश्यकताः रायमाझी

भूमिकास्थान, अर्घाखाँची । पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझीले शिक्षाको गुणस्तर बृद्धि आजको आवश्यकता भएको बताउनुभएको छ । गुणस्तरिय शिक्षा र प्रभावकारी स्वास्थ्यसेवा खोज्दै बसाइसराइ गर्नेहरुको लर्को लागेको भन्दै नेता रायमाझीले बसाइसराइ रोक्नको निम्ती शिक्षाको गुणस्तर बृद्धि गर्नुपर्ने बताउनुभएको हो । बालशिक्षा मा.वि.भुमिकास्थान–१,ढाकावाङ्गको ४८ औं बार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रतिनिधिसभा सदस्य समेत रहनुभएका नेता रायमाझीले सामुदायिक स्कुलको शैक्षिकस्तर बृद्धि र स्वास्थ्यसेवा प्रभावकारी गर्न सकेमा गाउँको भविस्य बलियो बन्ने बताउनुभएको छ । खानेपानी र विद्युतमा अर्घाखाँची जिल्ला आत्मनिर्भर उन्मुख रहेको दाबी गर्दै नेता रायमाझीले जिल्लामा २ सय ५० भन्दा बढी स्कुलका भवनहरु पुनर्निर्माण योजना मार्फत आफ्नो पहलमा बनाएको दाबी गर्नुभएको छ । नागरिकको स्वास्थ्यउपचारलाई सहज बनाउन जिल्ला अस्पताललाई ५० शैयामा बिस्तार गर्ने कामले तिब्रता पाएको उहाँको भनाई छ । यो संगै ६ वटै पालिकामा १५ शैयाको अस्पताल बनाउने अभियानले पनि नतिजा दिनथालेको नेता रायमाझीले बताउनुभयो । विकास हेर्न अर्घाखाँची जानुपर्छ भन्ने बनाउने गरि आफुले काम गरिहेको सांसद रायमाझीको जिकिर छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य बिजुला रायमाझीले विद्यालयमा कोरा शिक्षा मात्रै नभइ नैतिक,अनुशासित र ब्यबहारिक शिक्षा दिन र लिन शिक्षक तथा विद्यार्थिहरुलाई आग्रह गर्नुभएको छ ।
भुमिकास्थान नगर प्रमुख झविलाल थापाले भुमिकास्थानको शैक्षिक गुणस्तर सुधारको निम्ती “विद्यालयसंग नगरपालिका” कार्यक्रम संचालन गरेको जानकारी दिनुभएको छ । शिक्षाको स्तरबृद्धिको निम्ती शिक्षक,अभिभावक,विद्यार्थि र सरोकारवाला सबैको भुमिका महत्वपूर्ण हुने उहाँले बताउनुभएको छ । नगरप्रमुख थापाले विद्यालय सबैको साझा मन्दिर भएको बिफ्रिङ्ग गर्दै यसबाट सिद्धि प्राप्त गर्न सबैको साथ,सहयोग,ज्ञान,सीप र अनुभवको आदान–प्रदान हुनुपर्नेमा जोड दिनुभएको छ ।
कार्यक्रममा नगर उप–प्रमुख बालकृष्ण बन्जाडे,शिक्षा विकास तथा समन्वय इकाई प्रमुख मनिराम पराजुली,नगर शिक्षा अधिकृत तुबलाल सापकोटा,भुमिकास्थान–१ का वार्डअध्यक्ष गोपाल खनाल,पत्रकार महासंघका जिल्ला सह–सचिव हृदय कुमार भुसाल, सस्थापक प्र.अ. खडान्द खनाल पुर्ब प्र.अ.रिषिराम बिष्ट, पूर्व पिटिए अध्यक्ष मेघराज खनाल लगायतले मन्तव्य राख्दै विद्यालयको शिक्षालाई प्रभावकारी बनाउन शिक्षक,अभिभावक र विद्यार्थि क्रियाशिल हुनुपर्नेमा जोड दिनुभएको छ ।
विद्यालय स्थापना पश्चात पहिलोपटक आयोजना गरिएको बार्षिक उत्सवको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक युबराज खनालले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै १३ जना शिक्षकबाट ३ सय बढि विद्यार्थिले अध्ययन गरिरहेको जानकारी गराउनुभएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष कांसीराम गमालको अध्यक्षता,शिक्षक लक्ष्मण खनालको स्वागत मन्तव्य र विद्यालयका सहायक प्र.अ. चेत बहादुर थापाको संचालनमा सम्पन्न उत्सवको अवसरमा सरस्वती पुजा,विद्यार्थिहरुबाट बिभिन्न लोकनृत्य प्रस्तुत गर्नुका साथै विद्यालयको विकासमा सहयोग गर्ने बिभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको विद्यालयले जनाएको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार