भुमिकास्थान–१०, सेङलेङ्गमा पाथीभरामाताको मुर्ति स्थापनाः धार्मिक पर्यटन बढ्ने अपेक्षा

भूमिकास्थान, अर्घाखाँची ।   अर्घाखाँचीको भुमिकास्थान–१०,धनचौर–सेङलेङ्गमा पाथीभरामाताको मुर्ति अनावरण गरिएको छ । वि.स.१८५४ सालमा पाथिभरामाताले पाइला टेकेको किम्वदन्ती अनुसार सेङलेङ्गको टापुमा पाथीभरा मन्दिर स्थापना गरि पर्यटन भित्राउने उदेश्य सहित मुर्ति राखिएको हो ।
श्रीपन्चमीको अवसर पारेर आयोजित बिशेष कार्यक्रमको बीच पुर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझी र भुमिकास्थान नगरप्रमुख झविलाल थापाले पाथीभरा माताको मुर्ति अनावरण गर्नुभएको हो ।
मुर्ति अनावरण तथा प्राणप्रतिष्ठाको अवसरमा आयोजित प्रवचन कार्यक्रममा बोल्दै पुर्व उप–प्रधानमन्त्री रायमाझीले अर्घाखाँचीको धार्मिक पर्यटन प्रर्वदन र आर्थिक विकासमा पाथीभरा मन्दिरले महत्वपूर्ण सहयोग पुग्ने विश्वाँस लिनुभएको छ । संघिय सांसद समेत रहनुभएका रायमाझीले सिङ्गो जिल्लाको समृद्धीको निम्ति पर्यटन र कृषिलाई व्यसायिक बनाएर जान सरोकारवालालाई सुझाव दिंदै अर्घाखाँचीको समग्र विकासमा आफु निरन्तर लागिपर्ने वचन दिनुभएको छ ।
कार्यक्रममा भुमिकास्थान नगरप्रमुख थापाले प्रशिद्ध सुपादेउराली आउने दर्शकलाई सांस्कृतिक र प्राकृतिक मनोरमको खानी सेङलेङ्गमा ल्याउने गरि नगरले थालेको अभियानमा पाथिभराले थप टेवा पुग्ने बताउनुभएको छ । नगरप्रमुख थापाले सुपादेउराली आएका धार्मिक पर्यटकलाई सेङलेङ्गको होमस्टेमा बास बसाल्ने,पाथिभरा दर्शन गराउने,मसिनाको लेक,सेङलेङ्ग दह,राताम्मे गुराँस फुल्ने डाँडा,चहकिला हिमालको दृश्य,ख¥यान झरना अवलोकन गराउँदै पर्यटकलाई भुमिकाथान माइको दर्शन गराउने योजना सुनाउनुभएको छ । भौतिक विकासले मात्रै समाजको सर्वागिंण विकास सम्भव नहुने जिकिर गर्दै नगर प्रमुख थापाले शिक्षा,स्वास्थ्य,रोजगार र आर्थिक विकासको योजनामा सबै जुट्नुपर्नेमा जोड दिनुभएको छ ।
यस्तै भुमिकास्थान–१० का वार्डअध्यक्ष खगिश्वर पन्थीले पाथिभरा मन्दिरको स्थापनाले धनचौरमा धार्मिक पर्यटनको सम्भावना थप बलियो बनेको बताउनुभएको छ । पाथिभरामाताको मुर्ति स्थापनाले धनचौरको मात्रै नभएर जिल्लाकै विकासमा महत्वपूर्ण टेवा पु¥याउने भन्दै सेङलेङ्गलाई बिशेष क्षेत्रको रुपमा विकास गर्न अपिल गर्नुभएको छ ।
पाथिभराधामका अध्यक्ष बिष्णु रायमाझीको अध्यक्षता,हिमनाथ खनालको स्वागत मन्तव्य र बिष्णु बन्जाडेको संचालनमा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य बिजुला रायमाझी, भुमिकास्थान नगर उप–प्रमुख बालकृष्ण बन्जाडे,एमाले जिल्ला सचिव तोजबहादुर रायमाझी विद्यान,पिताम्बर रायमाझी स्थानिय राजनितिक दल तथा जनप्रतिनिधि,पत्रकार लगायत स्थानिय र सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार