भारतबाट आएका ५ जनालाई भु•न•पा_२ काे क्वारेन्टाइनमा राखियो

जेठ ४, सुपादेउराली अनलाइन । जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं-२ मा भारतबाट आएका ५ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

भारतको विभिन्न स्थानबाट आएका ५ जना व्यक्तिहरुलाई भुमिकास्थान नगरपालिका वार्ड नं-२ स्थित प्रगती आधारभूत विद्यालयको क्वारेन्टाइनमा राखिएको भुमिकास्थान – २ का वडाध्यक्ष बुद्धि बहादुर थापाले सुपादेउराली अनलाइनलाई जानकारी दिनुभएको छ।

कोरोना भाइरस संक्रमण दर दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा छिमेकी राष्ट्र भारतमा रहेका नेपालीहरु स्वदेश फर्कने क्रममा आइतबार दिउँसो १८ जना अर्घाखाँची भित्रीएका छन । ती मध्ये १० जना भुमिकास्थान नगरपालिकाका रहेका र ५ जना भुमिकास्थान नगरपालिका १ र २ वडाका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार