प्रधानमन्त्रीसँग रविको एक घण्टा वार्ता : गृहमन्त्री बनाउनुस्, सबै मिलाउँदै जाऊँला

काठमाडौ ।नागरिकता नलिएका कारण सबै पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एक घण्टा वार्ता गरेका छन् ।

बिहीबार बिहान करिब ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक्लै पुगेका लामिछाने झन्डै एक घण्टापछि बाहिरिएका थिए । भेटवार्ताका क्रममा उनले उप्रधानसहित गृहमन्त्री दोहोर्‍याएर आफैँलाई नियुक्त गर्न आग्रह गरेका थिए । सामाजिक सञ्जालमा आएका टिप्पणीबाट प्रभावित नहुन समेत उनले आग्रह गरेको बालुवाटार स्रोतले जनाएको छ ।

सत्ता गठबन्धनलाई निरन्तरता दिएपछि अहिले आउने टिप्पणीहरू विस्तारै सेलाउँदै जाने भन्दै उनले आँट गरेर निर्णय लिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका बताइएको छ । आफूलाई पुरानै जिम्मेवारी दिए सबै विषय मिलाउँदै जान सकिने उनको आग्रह थियो ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले भने प्रक्रिया टुंगिएपछि नियुक्त गर्न आफूले ढिला नगर्ने र त्यतिन्जेल धैर्य गरेर बस्न आग्रह गरेका थिए ।

बाह्रखरी

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार