शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षक,अभिभावक र विद्यार्थीको त्रिपक्षीय सम्बन्ध सुमधुर हुनुपर्छ: सरोकारवाला

भूमिकास्थान । विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षक,अभिभावक र विद्यार्थीको त्रिपक्षीय सम्बन्ध सुमधुर हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । जनजागृती मा.वि.धनचौरमा शिक्षा सुधार गर्न आवश्यक सुझाव संकलनको निम्ति आयोजित अभिभावक भेलामा बोल्ने वक्ताहरूले यस्तो जोड दिएका हुन् ।
कर्मकाण्डी भन्दापनी परिणाममुखी शिक्षण र प्रतिफल निकाल्नको लागि शिक्षक,अभिभावक र विद्यार्थी सबै जिम्मेवार हुनुपर्ने उनीहरुको धारणा छ ।

जनजागृती मा.वि.भुमिकास्थान-१०,धनचौरमा पढ्ने कक्षा ९ देखि १२ सम्मका विद्यार्थीका अभिभावक,शिक्षक र सरोकारवालाको सहभागीतामा सम्पन्न कार्यक्रममा वि.व्य.स.सदस्य हृदय कुमार भुसाल,शिक्षक अभिभावक संघका अध्यक्ष गोपालप्रसाद भट्टराई र शिक्षक नितु रानाले मन्तव्य राख्नुभएको थियो । विद्यार्थी काचोमाटो जस्तै भएकोले शिक्षक र अभिभावक दुवै पक्षले ठिक सस्कार,शिक्षा र व्यबहार सिकाउनुपर्नेमा जोड दिनुभएको छ । पछिल्लो समय विद्यार्थीहरु पश्चिमा सस्कृती र सामाजिक सन्जालको कुलतमा फस्ने गरेको चित्रण गर्दै उहाँहरुले प्रविधिको उचित प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।
विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य रेमलाल भट्टराईको अध्यक्षता,प्र.अ.पिताम्बर खनालको स्वागत मन्तव्य र शिक्षक लक्ष्मी पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा अभिभावक र विद्यार्थीका प्रतिनिधिले स्कुल प्रशासनलाई रचनात्मक सुझाव दिनुभएको बताइएको छ । जनजागृती मा.वि. धनचौर एक पालिका एक नमुना विद्यालय अन्तरगत नमुना कार्यक्रम सन्चालन भैरहेको स्कुल हो ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार