वाहा सरकार! : सत्य कथा

सुवाश संयम
चिनमा कोरोनाको महामारी बढ्दै थियो, नेपाल सरकार भन्दै थियो, नेपाल कोरोनामुक्त देश हो, नेपाल घुम्न आउनु ।

विश्वभर कोरोनाको संक्रमण आगोसरी फैलदै थियो सरकारले भन्दै थियो हाम्रो सफलताको कारण देशमा एकजनालाई पनि कोरोना देखिएको छैन ।

अलिकती समय वित्यो देशमा कोरोना संक्रमित देखिए सरकार भन्दै थियो- संक्रमण फैलन दिइएको छैन यो सरकारको सफलता हो ।

अलिकति समय वित्यो संक्रमणले गति लिदै गयो सरकार भन्दै थियो सरकारको कारण एकजना पनि मर्नु परेको छैन यो सरकारको सफलता हो ।

अहिले दुई जनाको मृत्यु भैइसक्यो ।
एकजना सुरक्षीत तरिकाले सुत्केरी हुन अस्पताल गएकी २९ वर्षीय महिला। अस्पतालले नै कोरोना सारिदियो र मार्‍यो । मरेपछि थाहा भयो कोरोना लागेको रहेछ ।

अर्का २५ वर्षका पुरुष । भारतवाट आएका, सरकारको क्वारेन्टाइन नामको खोरमा मृत्यु भयो । मरेपछि थाहा भयो कोरोना लागेको रहेछ ।
सरकारका १ लाख क्वारेन्टाइन, अस्पतालको तयारी र सफलता लाजले पानी पानी हुँदै थिए-

र पनि

सरकार भन्दै थियो-
सरकारको सफलताको कारण……।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार