नेशनल प्याब्सन रुपन्देहीले भाेली र पर्सि २ दिन खेलकुद कार्यक्रम गर्ने

बुटवल । नेशनल प्याब्सन रुपन्देहीको आयोजनामा भाेलीदेखि नवौ नेशनल प्याब्सन खेलकुद कार्यक्रम २०७९ हुने भएको छ । भाेली र पर्सि दुई दिन हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रबार बुटवलमा पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

नेशनल प्याब्सन रुपन्देहीका अध्यक्ष पुरुषोत्तम बश्यालले रामनगरस्थित खेलमैदानमा हुने प्रतियोगिताको मैदान, खेलाडी दर्ता लगायत सबै तयारी पूरा भएको बताए ।

कार्यक्रममा एनप्याब्सनका केन्द्रीय सचिव कृष्ण प्रसाद पौडेलले संघीयतासंगै विद्यालयस्तरमा हुने धेरै प्रतियोगिता ओझेलमा परेको बताउदै तीन तहकै सरकारको खेलमा ध्यान जान नसकेको दुःखेसो गर्दै निजी क्षेत्रकै भरमा खेलकूद चलेको उनले दाबी गरे ।

केन्द्रीय सदस्य देउप्रकाश राई, बालाकृष्ण तिवारी, विष्णुप्रसाद पौडेल, केन्द्रीय सल्लाहकार राजु गुरुङ, प्रदेशका सहसचिव जेबी क्षेत्री, सल्लाहकार तिलक केसी, उपाध्यक्ष बिलप्रसाद गुरुङ, सचिव बाबुराम बन्जाडेले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने लक्ष्यसहित वर्षभरि नै कार्यक्रम गर्दै आएको बताए । कार्यक्रममा संयोजक विनोद थापामगरले शैक्षिक क्यालेन्डर बनाएर कार्यक्रम गर्दै आएको बताए ।

सब जुनीयर, जुनीयर र सिनीयर गरी उमेर समूहलाई १५ ईभेन्टमा प्रतियोगिता हुने उनले बताए । सब जुनीयरमा ५० मिटर, १ सय मिटर, चम्चा दौड, कुर्ची दौड गरी ४ ईभेन्टमा छात्रछात्राका खेल हुनेछन् । जुनीयरतर्फ १ सय मिटर दौड, २ सय मिटर दौड, रिले दौड, टेबलटेनिस गरी ४ ईभेन्टमा छात्रछात्राका खेलहरु हुनेछन् । सिनीयरतर्फ २ सय, ४ सय, रिले दौड, सटपुट, हाईजम्प, लङजम्प र टेबलटेनिस गरी ७ ईभेन्टमा छात्रछात्राका खेलहरु हुनेछन् ।

विद्यालयबाट उत्कृष्टता हासिल गरेका २९ वटा विद्यालयका सब जुनीयरतर्फ २ सय ३२, जुनीयरतर्फ ३ सय ९२, सिनीयरतर्फ ५ सय ४० जना तथा सिनीयरतर्फ कक्षा ११ र १२ को रिले छात्रछात्रा ईभेन्टतर्फ ४० गरी १ हजार २ सय ४ जना विद्यार्थीहरुले खेलमा भाग लिने छन् । संघमा आवद्ध रुपन्देहीका ५७ विद्यालयमध्ये यो वर्ष २९ विद्यालयका २३ हजार २ सय बढी विद्यार्थीबाट विजेता भएर छनौट खेलाडीहरुले भाग लिनेछन् । प्रतियोगितामा सहभागिताका लागि सब जुनीयर टिमलाई ३ हजार रुपैयाँ, जुनीयर टिमलाई ५ र सिनीयर टिमलाई ७ हजार रुपैयाँ सहभागी शुल्क राखिएको उनले बताए । दुई दिन चल्ने प्रतियोगितामा ३ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार