
भूमिकास्थान, अर्घाखाँची । पिपलनेटा बजार विकास संस्था भुमिकास्थान नगरपालिका १ र २ ढाकावाङ्गकाे आयोजनामा तेस्रो पिपलनेटा खुल्ला भलिबल प्रतियोगिता फागुन १९ गतेदेखि २२ गतेसम्म हुने भएको छ ।
विगतका वर्षहरूमा जस्तै यश वर्ष पनि हाेली पर्वको अवसरमा भलिबल प्रतियोगिता पिपलनेटा बजार विकास संस्थाले आयोजना गरेको हो ।
संस्थाले खेल क्षेत्रको विकास प्रबद्र्धन गर्नको लागि भनी उचित पुरस्कार रासी सहित खेलको आयोजना गर्ने गरेको छ। जसमा आयोजकले टिम दर्ताका लागि २५०० सय तोकेको छ भने टिम दर्ता १९ गते बिहान १ बजेसम्म गर्न सक्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार रु. ७१००० मेडल ट्रफि र प्रमाणपत्र ,द्वितीय पुरस्कार रु. ५१००० मेडल ट्रफि र प्रमाणपत्र ,तृतीय पुरस्कार रु. ३१००० मेडल ट्रफि र प्रमाणपत्र उत्कृष्ट खेलाडी पुरस्कार रु. ३५०० उत्कृष्ट अनुशासन पुरस्कार रु ३५०० उत्कृष्ट पत्रकार पुरस्कार रु ३५०० पाउने आयोजकले जनाएको छ।