अर्घाखाँचीको छायाँ पोलिक्लिनक शिल, मदानेका संक्रमित छायाबाट बुटबल पुगेको पुष्टि

जेठ ५ अर्घाखाँची । प्रदेश नं. ५ को पहाडी जिल्ला गुल्मीका एक युवामा कोरोना संक्रमण पुष्टि भएसँगै अर्घाखाँची त्रासमा छ । सन्धिखर्कको छायाँ पोलिक्लिनकमा उनले चेक गरेर बुटबल गएका थिए । कोरोना संक्रमितलाई सन्धिखर्कबाट बुटबल पठाईएको थियो ।

गुल्मीको मदाने गाँउपालिका वडा नं. ६ का एक पुरुषमा सङ्क्रमण पुष्टि भएसँगै उपचाररत अस्पताल शिल गरिएको छ । कोरोना पोजिटिभ देखिएपछि सन्धिखर्कको छायाँ पोलिक्लिनकलाई शिल गरिएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।

जेठ १ गते उपचारको लागि रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पतालमा ल्याइएका ४१ वर्षीय ती पुरुषको आईसीयूमा राखेर उपचार भइरहेको छ । उनी श्वासप्रश्वासका बिरामी हुन ।

भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा उनको स्वाब परीक्षण गरिएको थियो । उपचाररत बिरामीमा कोरोना पुष्टि भएपछि क्रिमसन अस्पताल सिल गरिएको छ । उनको सम्पर्कमा आएकाहरुको स्वाब परीक्षण गर्नका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ ।
स्रोत हिन्दु खवर डट कम

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार