बुटवलको सिद्वार्थ गौतमबुद्ध क्याम्पसमा जनमाेर्चा निकट अखिल (छैठौं)ले गर्याे तालाबन्दी

बुटवल । राष्ट्रिय जनमाेर्चा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं)ले बुटवलको सिद्वार्थ क्याम्पसमा तालावन्दी गरेको छ । टियुको निर्देशन विपरित बुटवलको सिद्धार्थ क्याम्पसले अखिल (छैठौं)लाई संगठन दर्ता गर्न नदिएपछि इकाई समितिले निर्वाचन आयोगमा तालाबन्दी गरेको हो ।

आगमी चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि शुक्रबार दिउंसो ३ वजेसम्म संगठनको नाम दर्ता गर्ने समय थियो । संगठनको नाम दर्ता गर्ने अन्तिम समय ३ वजे भएपनि २ वजे अगाडी नै क्याम्पसमा संगठनको नाम दर्ता गर्न जांदा निर्वाचन अधिकृतको कार्यालयले नाम दर्ता गर्न नमानेपछि तालावन्दी गरिएको अखिल (छैठौं)का इकाई अध्यक्ष समिर पोखरेलले बताए ।

 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार