आसन्न निर्वाचनपछी एमाले एक्लैले देशको नेतृत्व गर्छ: एमाले सचिव रायमाझी

फागुन-२०,अर्घाखाँची ।  नेकपा (एमाले)का केन्द्रिय सचिव टोपबहादुर रायमाझीले आसन्न निर्वाचनपछी एमाले एक्लैले देशको नेतृत्व गर्ने बताउनुभएको छ । पार्टीले सन्चालन गरेको मिसन ग्रासरूटको लक्ष्य नै आगामी निर्वाचनमा कम्तीमा
५१ प्रतिशत जनमत प्राप्त गर्नु रहेको नेता रायमाझीको दाबी छ ।
मिसन ग्रासरुटको बारेमा जानकारी दिन प्रेस चौतारी अर्घाखाँची शाखाले आज सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो दावी गर्नुभएकाे हो । पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका नेता रायमाझीले आगामी निर्वाचनमा तिनवटै तहका निर्वाचनमा पार्टीले न्यूनतम ५१ प्रतिशत जनमत प्राप्त गर्ने दावी गर्नुभयो ।
एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले राष्ट्रपतिको निर्वाचनमा अफुहरुले जित्ने दाबी गर्नुभएको छ राष्ट्रपतिमा सुवासचन्द्र नेवाङ्गसंग अरुको तुलना गर्न नमिल्ने भन्दै डाक्टर भट्टराईले मतदातालाई ह्वीप नलाग्ने भएपछी आफुहरुले क्रस भोट प्राप्त गरि निर्वाचन जित्ने जिकिर गर्नुभएको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड सहमति विपरित राष्ट्रपति निर्वाचनमा कांग्रेससँग सहकार्य गर्न जानुको पछाडी ठूलो झाल झेल भएको उहाँको भनाइ छ ।
अभियान अन्तरगत पहिलो चरणमा पालिकाको कार्यक्रम सकिन लागेकाले अब वडा तथा टोलसम्म कार्यक्रम संचालन गर्ने योजनाका साथ अगाडि बढेको एमालेले जनाएकाे छ ।
अर्घाखाँचीका ६ वटै पालिकामा मिसन ग्रासरूट कार्यक्रम सम्पन्न गर्नका लागि पोलिट व्यूरो सदस्य सूर्य थापा, बिमला घिमिरे र अर्घाखाँची एमाले अध्यक्ष पिताम्बर भुसाल लगायतको टोली खटेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
कार्यक्रम प्रेस चौतारी नेपाल जिल्ला अध्यक्ष बसन्त श्रेष्ठको अध्यक्षता,उपाध्यक्ष करिश्मा खनालको स्वागत मन्तव्य र प्रेस चौतारी लुम्बिनी प्रदेश अध्यक्ष शोभाखर पन्थिको सन्चालनमा सम्पन्न भएको हो ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार