एसईई दिने विद्यार्थीलाई बुटवलको स्कलर्स हाेम स्कुलले दियो शुभकामना

बुटवल ।  बुटवलको स्कलर्स हाेम बाेडिङ्ग स्कुलले कक्षा १० मा अध्यनरत विद्यार्थीलाई एसईई परिक्षाकाे शुभकामना दिएको छ।

शनिवार एक कार्यक्रमका बिच कक्षा-९ मा पढ्ने विद्यार्थीहरुकाे आयोजनामा एसईई दिने विद्यार्थीलाई शुभकामना दिइएको हो।

विद्यार्थीहरूलाई शुभकामना दिदै विद्यालयका प्राचार्य बावुराम बन्जाडेले विगतका वर्षहरुमा एसईई दिएका विद्यार्थी भन्दा यो वर्ष एसईई दिने विद्यार्थी अब्बल रहेको बताउदै विद्यार्थीले यस वर्षको एसईई परिक्षामा ऐतिहासिक रिजल्ट ल्याउने बताए।

विगतका एस.एल.सी र एसईई परिक्षामा बाेर्ड फस्ट गर्दै उत्कृष्ट रिजल्टकाे स्मरण गर्दै प्राचार्य बन्जाडेले यस वर्ष एसईई परिक्षामा सहभागी विद्यार्थीहरुलाई अग्रिम शुभकामना दिदै विद्यार्थीहरुकाे सफलताले नै विद्यालयको नाम सधैं उचाे रहने बताए।

त्यस्तै कक्षा-१० मा अध्यनरत शिशिर खनालले १० वर्ष विद्यालयमा बिताएका पलहरु सम्झदै विद्यालय र शिक्षक प्रति सम्मान व्यक्त गरेका थिए।

शुभकामना कार्यक्रम कक्षा-९ मा अध्ययनरत सम्मन श्रेष्ठकाे अध्यक्षता प्रमित पाण्डे र प्रसना थापाको संचालन र नेहारिका खत्रीको स्वागतमा सम्पन्न भएको कार्यक्रममा बिद्यार्थीहरुलाइ बिधालयका उपप्राचार्य टिकराम गौतम, लेखा शाखा प्रमुख राजु भन्डारी, बिधालय सयोजक शोभारानी प्रधान, रामु रोका, नेत्र भट्टराई, मनुकान्त क्षेत्री, प्रदिप देबकोटा, कमला पान्डे र रसिला अमत्यले खादा तथा टीका ले शुभकामना लगाइ शुभकामना दिनुभएको साथै विभिन्न सास्कृतिक कार्यक्रमद्दारा मनोरंजन प्रदान तथा खेलहरु खेलाइएको थियो।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार