लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा मन्त्रिपरिषद्लले पारित

जेठ ५ काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नेपालको नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो नक्शा पारित गरेको मन्त्रिपरिषद स्रोतले जनाएको छ ।
भूमिसुधार मन्त्री पदमा अर्यालले आइतबार मन्त्रिपरिषदमा पेस गरेको सो नक्सासम्बन्धी प्रस्ताव पारित भएको हो ।
नक्सा पारित भएपछि पर्यटन मन्त्री योगेश भटराईले सामाजिक सञ्जालमा लेखेका छन्ः ‘आज नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय इतिहासको पन्नामा सुवर्ण अक्षरले त लेखिनेनै छ। आजको मिति र निर्णय युग युगसम्म हाजिरीजवाफमा सोधिने प्रश्नका रुपमा पनि अमर भइरहनेछ। धन्यवाद प्रम केपी शर्मा ओली ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

Supadeurali Online

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार