बुटवल, ३ चैत्र। अन्नपूर्ण सेकेन्डरी स्कुलको १५ औं बार्षिकोत्सव तथा अभिभावक दिवश एवं पुरस्कार वितरण समारोह शुक्रवार सम्पन्न भएको छ । बुटवलको चाँदबारीमा रहेको अन्नपूर्ण सेकेन्डरी स्कुलले विद्यार्थीदेखि विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो ।
बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवि अर्यालले बार्षिकोत्सब कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा प्राप्तिका लागि उमेरले नछेक्ने भएकाले विद्या जीवनको एउटा महत्त्वपूर्ण पक्ष रहेको महत्त्व सुनाईन् । उपमहानगरले अहिले नगरभित्र रहेका संस्थागत विद्यालयलाई पनि सम्बोधन गर्नेगरी अगाडि बढेको बताउँदै शिक्षा, स्वास्थ्य र बुटवल उपमहानगरलाई कसरी आर्थिकको क्षेत्रमा विकास गर्न कस्तो नीति आवश्यक छ भनेर हामीले यहाँका हरेक क्षेत्रका प्रतिनिधि तथा विज्ञहरु संग छलफल गर्दै आएका छौं । जनताले दिएका सुझावहरुलाई पनि समावेश गर्दै संस्थागत विद्यालयहरुको लागि उपमहानगर जहिले पनि सहयोगी र उत्तरदायी भूमिका निर्वाह गर्नेछ यसमा ढुक्क हुनुहोस् उनले भनिन् ।
बार्षिकोत्सव कार्यक्रममा वोल्दै स्कुलका प्रवन्ध निर्देशक मित्रहरी आचार्यले बुटवलको उत्थान शिक्षाले नै भएको ईतिहास सुनाउँदै सरकारले शिक्षा क्षेत्रमा गर्दै आएको लगानी अप्रभावकारी बन्दै गएको भन्दै लगानी अनुसारको सामुदायिक विद्यालयहरुले प्रतिफल कम दिएको जिकिर गरे । उनले संस्थागत विद्यालयलाई राज्यले उपेक्षा गर्दै आएको गुनासो समेत गरे ।
बुटवल उपमहानगरले १० प्रतिशत छात्रवृत्ति दिने भनेको हामीले लागू गरेका छौं । “छात्रवृत्ति प्रतिशतलाई राष्ट्रियकरण गरिदिन आग्रह गर्दै कान्ति मावीबाट सागर गुप्ता र कालिका मानवज्ञानबाट चाहना आचार्य गतबर्ष उत्कृष्ट नतिजा लिन सफल भए तर ती विद्यार्थीहरुको उत्पादन गर्ने अन्नपूर्णको नाम भने त्यहाँ जोडिएन । सामुदायिक स्कुलको नाम आएकोमा दुखेसो पोखे ।
यस्तै रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीले संस्थागत विद्यालयहरुले शिक्षा क्षेत्रमा ठूलो योगदान पुर्याउँदै आएको प्रशंसा गर्दै तर केही संस्थागत विद्यालयहरुमा कहिलेकाहीँ विकृति बढेका गुनासा हामीकहाँ आउँछन्, त्यसतर्फ ध्यान दिएर गुणस्तरीय शिक्षा प्रदान गर्न अन्नपूर्ण सफल बनोस् भन्ने शुभकामना दिदै स्थानीय तहले भौतिक विकास निर्माण संगै शिक्षा क्षेत्रको विकासमा लगानी गरेर बुटवललाई गल्जारमय बनाउन सकिने सुझाव दिए ।
स्थानीय तथा एमालेका नेता कृष्ण पोख्रेलले राज्यको शिक्षा निति संस्थागत विद्यालयका लागि उपयुक्त नभएको गुनासो गर्दै राज्यले सामुदायिक र संस्थागतबिच बिभेद गर्न नहुनेमा जोड दिए । उनले- विद्यालय र वडा कार्यलयबिच बढेको मुद्धा बिषयको बारेमा छलफलको माध्यमबाट समाधान गर्न सकिने र यो ठूलो बिषय नभएको वताए । अर्का स्थानीय देविप्रसाद श्रेष्ठले शिक्षा क्षेत्रको विकासका लागि स्थानीय तहले मात्रै ध्यानदिन सकेमा बुटवललाई गुणस्तर शिक्षा क्षेत्रको रुपमा स्थापित गराउन सकिने वताएका थिए ।