चालु आर्थिक बर्षको ८ महिनामा भुमिकास्थानको भौतिक प्रगति ७५ प्रतिशत

गोपाल प्रसाद भट्टराई ।  अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले चालु आर्थिक बर्षको ८ महिनामा ७५ प्रतिशत भौतिक प्रगति हाँसिल गरेको छ ।

चालु आ.ब.२०७९÷०८० को बार्षिक निति,कार्यक्रम तथा बजेटबाट भुमिकास्थानमा उपभोक्ता समिति मार्फत गर्ने गरि छुट्टिएका कुल २ सय १५ वटा आयोजना मध्ये १ सय ५५ वटा आयोजनाको काम सम्पन्न भएको र ३२ वटा आयोजनाको ठेक्का प्रक्रिया मार्फत काम अगाडि बढेकोले ७५ प्रतिशत भौतिक प्रगति गरेको हो । चालु आ.ब. अन्तरगत शुक्रवार जनप्रिय मा.वि.असुरकोटमा सम्पन्न दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रगति प्रतिवेदन सार्वजनिक गर्दै योजनाशाखा प्रमुख हरिश्चन्द्र भुसालले यस्तो जानकारी दिनुभएको हो ।

उहाँका अनुसार भुमिकास्थानले चालु आ.ब.को साउन महिनादेखि फागुन मसान्त सम्म ३९ प्रतिशत आर्थिक प्रगति गरेको छ । आर्थिक पार्दशिता,शुसासन र नागरिक सहजताको उदेश्यले नगरपालिकाको सिंगो टिम १० वटै वार्डमा गएर योजना सम्झौता गरिएको भुमिकास्थानमा हालसम्म ५ आयोजना सम्झौता गर्न बाँकी रहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण पोख्रेलको भनाई छ ।

एक पालिका एक अस्पताल अन्तरगत भुमिकास्थानको चिदिचौरमा निर्माणाधिन १५ शैयाको अस्पताल भवन निर्माणमा ७५ प्रतिशत काम सकिनु,आवधिक योजना निर्माणको काम अगाडि बढ्नु,जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उपाधि जित्नु,भुमिकास्थानको खाकाबेसीखोलामा एकिकृत व्यवसायिक तरकारी पकेट र असुरकोट तथा ढिकुरामा प्याज पकेट कार्यक्रम संचालनमा आउनुका साथै अन्तरपालिका,जिल्ला र नगरपालिकाबाट वडा जोड्ने महत्वपूर्ण सडक निर्माण एवम् स्तरबृद्धिको काम अगाडि बढ्नुलाई भुमिकास्थानले यसबर्षको उपलब्धिको रुपमा लिएको छ ।

भुमिकास्थान नगरपालिकामा फागुन मसान्त सम्म २४१७ जना जेष्ठ नागरिक, ४३३ जना दलित जेष्ठनागरिक, ८७५जना दलित बालबालिका, २७५ जना अति अपाङ्ग र १४८ जना पूर्ण अपाङ्गगता भएका व्यक्ति, ३६८ जना एकल महिला र ६३४ जना विधुवा गरि ५१५० जनालाई सामाजिक सुरक्षाभत्ता बितरण गरिएको छ । शैक्षिक तथा सामुदायिक परामर्श सेवाकेन्द्र अर्घाखाँचीको आयोजनामा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका सवालको नगर प्रमुख झविलाल थापा,उपप्रमुख बालकृष्ण बन्जाडे,प्रमुख प्रशासकिय अधिकृत नारायण पोख्रेल सहित बिषयगत शाखा प्रमुखहरुले जवाफ दिनुभएको थियो ।

आयोजक संस्थाको तर्फबाट अध्यक्ष दोर्ण प्रसाद भुसालको अध्यक्षता, प्रध्यापक धर्मराज भुसालको स्वागत मन्तव्य र भुमिकास्थान नगरपालिकाका कम्प्युटर अधिकृत शेषकान्त घिमिरे ओसनको संचालनमा सम्पन्न कार्यक्रममा प्रध्यापक सुरज सारुले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा भुमिकास्थान नगरप्रवक्ता तथा वार्ड नम्बर ४ का वडाध्यक्ष बाबुराम पन्थी,वडा नम्बर ३ का अध्यक्ष कृष्ण बन्जाडे, ५ का अध्यक्ष जयगोपाल श्रेष्ठ, ६ का अध्यक्ष प्रेमनारायण वेल्वासे सहित अन्य सरोकारवाला व्यक्ती तथा उपभोक्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार