१४ वर्षपछि भएको स्ववियु निर्वाचनमा उत्साहजनक सहभागिता, ६० प्रतिशत मतदान

काठमाडौं। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगीक र सामुदायिक क्याम्पसहरूमा आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ६० प्रतिशत मतदान भएको छ ।

देशभरका क्याम्पसमा शान्तिपूर्ण रुपमा निर्वाचन भएको र प्रारम्भिक सूचनाअनुसार ६० प्रतिशत मतदान भएको त्रिविका शिक्षाध्यक्ष एवं स्ववियु निर्वाचन केन्द्रीय समितिका अध्यक्ष शिवलाल भुसालले जानकारी दिए ।

उनका अनुसार आज ४७ वटा आंगीक र २५० भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन भएको हो । १४ वर्षपछि भएको निर्वाचनमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको शिक्षाध्यक्ष भुसालले बताए ।

मतदान सकिएका क्याम्पसमा आजै साँझबाट मतगणना सुरु गरिने त्रिविले जनाएको छ । बिहान ८ देखि अपराह्‍न ४ बजेसम्म मतदानको समय तोकिए पनि ढिला सुरु भएका र विवादका कारण अवरुद्ध भएका केही क्याम्पसमा भने तोकिएको समयपछि पनि मतदान जारी थियो ।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार