जापानमा एक नेपाली युवती सम्पर्कविहीन

जापानमा एक नेपाली युवती सम्पर्कविहिन भएकी छिन् । आरती खनाल नाम गरेकी युवती गत मार्च १६ तारिकबाट सम्पर्कविहिन भएकी हुन् ।

उनी जापानको ओसाकाको आशिया कोकुसाई गाकुइन निहोन्गो गक्कोउमा अध्ययनरत थिइन् । आरती सम्पर्कविहीन भएपछि, उनका साथीहरुसँग सम्पर्क गर्दा पनि केही पत्ता लागेको छैन ।

शुक्रबार बेलुकी देखि सम्पर्कविहिन भएकी आरतीका बारे कहिँ कतै कसैमा केही खबर भए ०८०६१९७७६२१ फोन नम्बरमा जानकारी गराउन अनुरोध गरिएको छ ।

 

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार