ढाकावाङ्ग माैरी पालन कृषक समुहको भेला सम्पन्न

भूमिकास्थान ।  भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ ढाकावाङ्गमा रहेको ढाकावाङ्ग माैरी पालन कृषक समुहको भेला सम्पन्न भएको छ।

शनिबार सम्पन्न भेलाको उद्घाटन प्रगति कृषक सहकारी संस्था लिमिटेडका अध्यक्ष भुवानन्द भुसालले गर्नुभएको थियो।

साे क्रममा अध्यक्ष भुसालले माैरी पालन समुह र कृषक सहकारीकाे सम्बन्ध नङ्ग र मासुकाे जस्तो भएको भन्दै प्रगति कृषक सहकारी र माैरी पालन समुहसँग सहकारी हातेमालो गरेर अघि बढेर कृषकहरूलाई आवश्यक पर्ने अनुदान तथा अन्य कृषि सामाग्री सहयोग गर्न आफू र सहकारी सधैं तयार रहेको बताए।

कार्यक्रममा जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खड्का बहादुर थापा, ढाकावाङ्ग माैरी पालन कृषक समुहका अध्यक्ष खुविराम खनाल लगायतले बाेल्नु भएको थियो।

भेलाले खुविराम खनाल अध्यक्ष रहेको ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ।
जसको उपाध्यक्षमा युबराज खनाल, सचिवमा आरता बेल्बासे, सहसचिवमा नेत्रप्रसाद खनाल, कोषाध्यक्षमा तुल्सीराम भुसाल, सदस्यहरुमा क्रमश सालिकराम चुंदाली‌, बैकुण्ठ बेल्बासे, सान्ता नेपाली , प्रेमनारायण खनाल, राेमबहादुर राउत र बुद्धिराम खनाल रहनुभएकाे छ।

त्यस्तै सल्लाहकार समितिमा चन्द्र बहादुर केसी, जुमलाल खनाल र लक्ष्मी खनाल रहनुभएकाे छ।

कार्यक्रम अध्यक्ष खुविराम खनालकाे अध्यक्षता र मधुसूदन खनालको संचालनमा सम्पन्न भएको थियो।

  • यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    Supadeurali Online

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार