चैत –१६,अर्घाखाँची । शिक्षा विकास तथा समन्वय इकाई अर्घाखाँचीका प्रमुख मनिराम पराजुलीले शिक्षाको गुणस्तर बृद्धि आजको आवश्यकता भएको बताउनुभएको छ । भौतिक पुर्वाधारले मात्रै शैक्षिक स्तर वृद्धि हुन नसक्ने भन्दै इकाई प्रमुख पराजुलीले शिक्षाको गुणस्तर बृद्धि गर्न सबैपक्ष जिम्मेवार हुनुपर्ने बताउनुभएको हो ।
जनजागृती मा.वि.धनचौर अर्घाखाँचीको ६४ औं बार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सामुदायिक स्कुलको शैक्षिकस्तर बृद्धि र स्वास्थ्यसेवा प्रभावकारी गर्न सकेमा गाउँको भविस्य बलियो बन्ने उहाँको भनाइ छ ।
कार्यक्रममा जनजागृती मा.वि.का पुर्व विद्यार्थी तथा पुर्व प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्री, भुमिकास्थान-१०,का अध्यक्ष खगिश्वर पन्थी,सबै राजनीतिक दलको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक हरि प्रसाद भुसाल,पुर्व वि.व्य.स.र पि.टि.ए.को तर्फबाट गोपालप्रसाद भट्टराई,पुर्व प्र.अ.कृष्ण प्रसाद जोशी,छिमेकी विद्यालयको तर्फबाट जनसेवा आ.वि.टोड्केका प्र.अ.हुम बहादुर जि.सी. र सम्पुर्ण अभिभावकको तर्फबाट हिमनाथ खनालले मन्तव्य राख्नुभएको थियोे ।
कार्यक्रमलाई सम्बोधन गर्दै उहाँहरुले विद्यालयमा कोरा शिक्षा मात्रै नभइ नैतिक,अनुशासित र ब्यबहारिक शिक्षा दिन र लिन शिक्षक तथा विद्यार्थिहरुलाई आग्रह गर्नुभएको छ । शिक्षाको स्तरबृद्धिको निम्ती शिक्षक, अभिभावक, विद्यार्थि र सरोकारवाला सबैको भुमिका महत्वपूर्ण हुने उहाँहरुको भनाइ छ ।
विद्यालय सबैको साझा मन्दिर भएको बिफ्रिङ्ग गर्दै उहाँहरुले यसबाट सिद्धि प्राप्त गर्न सबैको साथ,सहयोग,ज्ञान,सीप र अनुभवको आदान–प्रदान हुनुपर्नेमा जोड दिनुभएको छ ।
वि.व्य.स.अध्यक्ष रेमलाल भट्टराईको अध्यक्षता,प्र.अ.पिताम्बर खनालको स्वागत मन्तव्य र वि.व्य.स.सदस्य हृदय कुमार भुसालको सन्चालनमा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस धनचौरका सभापति हेमराज भट्टराई,नेकपा एमाले धनचौर अध्यक्ष रेसम जि.सी., माओवादी केन्द्रका धनचौरका अध्यक्ष कमल उचाई, धनचौर प्रहरी चौकीका प्रमुख लालमनी भट्टराई,ध नचौर स्वास्थचौकीका अहेव तिलकराम भट्टराई,पुर्व शिक्षक, शिक्षक,अभिभावक,विद्यार्थी र सरोकारवालाहरुको सहभागीता रहेको थियोे ।
अध्ययनमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको कार्यक्रममा विद्यालयका कार्यालय सहायक रुद्र प्रसाद भट्टराईले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने विद्यार्थीहरुले विभिन्न सास्कृतिक कोशेलीहरु प्रस्तुत गरेका थिए ।