
बुटवल । प्रगतिशील पत्रकार संघ, नेपालको प्रथम राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ ।
भाेली र पर्सि गरि २ दिन चल्ने राष्ट्रिय सम्मेलनको उद्घाटन भाेली चैत २४ गते राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले गर्ने कार्यक्रम रहेको प्रगतिशील पत्रकार संघ, नेपालका संयोजक श्यामलाल पोखरेलले जानकारी गराउनु भएको छ ।
बुटवलस्थित होटल मेरिगोल्डमा हुने राष्ट्रिय सम्मेलनले संघको विधान र घोषणा पत्र पारित गर्नेछ भने नयाँ नेतृत्व चयन गर्नेछ ।
‘प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको हकहितको रक्षाका लागि जनपक्षीय पत्रकारिता’ भन्ने नाराका साथ हुन लागेको सम्मेलनको उद्घाटन सत्रमा विभिन्न जनवर्गीय संगठन तथा भाइचार संघसंगठनहरुले शुभकामना दिने कार्यक्रम रहेको छ ।
सम्मेलनमा देशभरबाट करिब १५० प्रतिनिधिको सहभागिता रहने प्रगतिशील पत्रकार संघ, नेपालका सचिव प्रकाश थापाले जानकारी गराउनु भएको छ ।