
जेठ ७ प्युठान । प्युठानको झिमरुक गाउँपालिकाले भारतबाट सिमामा आएका आफ्ना नागरिकको उद्दार गर्ने जनाएको छ । झिमरुक गाउँपालिकाका प्रवक्ता टीका जि.सि. ले भारतवाट सिमा नाका सम्म आइपुगेका झिमरुकवासी नागरिकको उद्दार गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
भारतवाट सुनौली नाकामा आइपुगेका ६ जनाको उद्दार गरि क्वारेन्टाइनमा राखिसकेको समेत जि.सि. ले बताउनुभयो । झिमरुकले यस अघि नै विदेश स्थित आफ्ना नागरिकको तथ्यांक संकलन गरिसकेको छ । विश्वका २९ मुलुकमा करिव ४६ सय नागरिक रहेको र भारतमा मात्रै करिव २५ सय नागरिक रहेको जनाएको छ ।
भारतका विभिन्न ठाउँमा अलपत्र भएका नागरिकको उद्दार गर्ने नीति सरकारले नबनाएका कारण उद्दार गर्न समस्या भएको छ । झिमरुकले भारतको जुन स्थानमा भएपनि सकभर सोही ठाउंमा बस्न अनुरोध गरेको छ । आफू बसेको ठाउमा खान बस्न गार्हो भएमा सो को जानकारी लिइ एकता समाजको सम्पर्क दिइ राहत उपलब्ध गराएको छ । तर सिमा सम्म आइपुग्ने नागरिकलाई भने उद्दार गरि गाउँपालिकाको क्वारेन्टाइनमा राख्ने गरेको छ ।
भारतमा रहेका झिमरुकवासिको उद्दारको विषयलाई लिएर केही ब्याक्तिले अनावश्यक राजनिती गर्न खोजेको भन्दै जि.सि. ले त्यसरी कसैको समस्याको फाइदा उठाएर कसैलाई भावनात्मक अत्याचार (इमोस्नल ब्ल्याकमेल) नगर्न अनुरोध गर्नुभयो ।