बुटवल । बुटवलको स्कलर्स हाेम बाेडिङ्ग स्कुलले कक्षा १२ का विद्यार्थीलाई बिदाइ गरेको छ।
आगामी बैशाख २६ गतेदेखि सञ्चालन हुने परिक्षाकाे तयारीमा रहेका बिद्यार्थीहरुलाई उज्ज्वल भविष्यकाे कामना गर्दै बुधबार भैरहवा स्थित एसियन बुद्ध हाेटलमा भव्य समारोहबीच कक्षा ११ मा अध्ययनरत बिद्यार्थीहरुले कक्षा १२ का बिद्यार्थीहरुलाई बिदाइ गरेका हुन।
बिद्यार्थीहरुलाई शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख दिपेन्द्र ढकाल र विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले टीका, दाेसल्लाह र मायाको चिनाेले सम्मान गर्दै परिक्षाकाे तयारीमा रहेका बिद्यार्थीहरुकाे उत्तराेत्तर प्रगतिकाे कामना व्यक्त गर्दै स्कलर्स हाेम बाेडिङ्ग स्कुलले दक्ष जनशक्तिहरु उत्पादन गर्दै आएको बताउदै आगामी दिनमा पनि बिद्यालयले उत्कृष्ट विद्यार्थीहरु उत्पादन गर्दै जाने बताए।
कक्षा ११ मा अध्ययनरत छात्र आयुष भुसालकाे अध्यक्षता, छात्रा स्नेहा भण्डारी र बिनिता भण्डारीकाे संचालनमा सम्पन्न भएको कार्यक्रममा लाेकदाेहाेरी गायिका शान्ति रानी परियार र बिद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम तथा ब्यान्ड समेत प्रस्तुत गरेका थिए।