
जब हामी कसैलाई माया गर्छौं, हामी उसलाई आफ्नो प्रभावमा पार्न हरसम्भव प्रयास गर्छौं । तर, जब प्रेम दुईतर्फी हुँदैन, तब सुरु हुन्छ तनाव । त्यसैले प्रेम सुरु गर्नु भन्दा पहिले नै जसलाई तपाईं माया गर्नुहुन्छ उसको हृदयमा पनि तपाईंको लागि माया छ किन छैन भनेर सुनिश्चित गर्न आवश्यक हुन्छ ।
हामीले माया गर्नेको मन जित्न सक्दो प्रयास गर्छौं । मन जित्ने काम सजिलो त होइन तर प्रयास भने जारी राख्नुपर्छ । याद गर्नुहोस् हैरानी भने दिन हुँदैन । यदि तपाईं पनि कसैलाई माया गर्नुहुन्छ र उसको मन जित्न चाहनुहुन्छ भने आज हामी तपाईंलाई केही टिप्स दिँदैछौँ, जसले तपाईं आफ्नो ‘क्रस’को मन जित्न सक्नुहुन्छ ।
१. ‘जेन्टलम्यान’ बन्नुहोस्
हरेक मान्छे आफ्नो पार्टनर राम्रो मान्छे होस् भन्ने चाहन्छन् । अझ केटीहरूलाई त जेन्टलम्यान केटाहरू धेरै मन पर्छ । जेन्टलम्यान बन्न धेरै मिहिनेत गर्नु पर्दैन, स–सानो कुराको ख्याल राख्नुपर्छ । उदाहरणका लागि जब कुनै केटी आउँछ, उसलाई आदरपूर्वक स्वागत गर्नुहोस् । उसका लागि तपाईं बसिरहेको कुर्सी छोड्न सक्नुहुन्छ ।
यी साना साना कुराहरूले तपाईंलाई जेन्टलम्यान बनाउँछ ।
२. प्रशंसा गर्नुहोस्
प्रसंशा मन पराउनु मानवीय स्वभाव हो । अझ केटीहरूलाई प्रशंसा झन् मन पर्छ । यदि तपाईं आफ्नो क्रसको नजिक हुनुहुन्छ वा डेटमा जाँदै हुनुहुन्छ भने उसको प्रशंसा गर्न नबिर्सनुहोस् । तपाईं उसको लुगा र पहिरनको प्रशंसा गर्न सक्नुहुन्छ । तपाईं भन्न सक्नुहुन्छ– आज कति सुन्दर देखिएकी !
यस्ता कुराले उसलाई थाहा हुनेछ कि तपाईं उसको लागि विशेष हुनुहुन्छ ।
३. सुरक्षित महसुस गराउनुहोस्
हरेक केटी आफ्नो जीवनमा यस्तो व्यक्ति चाहन्छन्, जसले उसको हरेक पाइलामा रक्षा गरोस् । जे होस्, आफ्नो वरपरका हरेक महिलाको सुरक्षा गर्नु प्रत्येक पुरुषको कर्तव्य हो । यदि उनी राति कतैबाट आउँदैछिन् भने तपाईं उसलाई घरसम्म छोड्न सक्नुहुन्छ । यस्ता साना कुराले केटीको मनमा ठाउँ बनाउन मद्दत गर्छ ।
४. सुन्नुहोस्
धेरैको बानी अरूको कुरा नसुन्ने बानी हुन्छ । अझ मनको कुरा बुझ्न त आफैँमा कठिन काम हो । केटीको मनमा आफ्नो ठाउँ बनाउन चाहनुहुन्छ भने उसको मनको कुरा सुन्नु धेरै जरुरी हुन्छ । जसले गर्दा तपाईंसँग उनी खुलेर कुरा गर्नेछिन् । तपाईंलाई विश्वास गर्न थाल्नेछिन् ।
५. सम्मान गर्नुहोस्
तपाईं जसलाई मन पराउनुहुन्छ, उसलाई स्वाभाविक रूपमा धेरै माया गर्नुहुन्छ । तर, मायासँगै तपाईंले सम्मान गर्न पनि आवश्यक छ । उसको इज्जत गर्नुहोस् । गोपनीयताको ख्याल गर्नुहोस् । उसले तपाईंलाई भनेका कुरा अरूलाई नभन्नुहोस् । जसले तपाईंप्रति उसको विश्वासलाई अझ बढाउँछ ।
एजेन्सीहरूको सहयोगमा ।